Techie IT
×
गृहपृष्ठग्लोबलभर्जिनियामा गैरआवासीय नेपाली नागरिकता बिषयक कार्यक्रम भव्यताका साथ सम्पन्न

भर्जिनियामा गैरआवासीय नेपाली नागरिकता बिषयक कार्यक्रम भव्यताका साथ सम्पन्न


गत जनवरी २० शनिबारका दिन गैर आवासीय नेपाली संघ भर्जिनियाले आयोजना गरेको गैरआवासीय नेपाली नागरिकता बिषयक नामक कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ । अघिल्लो दिन सम्म यस क्षेत्रमा हिमपात र हड्डी चिसो बनाउने जाडोको पूर्ण असर रहेता पनि गैरआवासीय नेपाली नागरिकता बिषयक कार्यक्रममा जिज्ञाशा राख्न डिसी महानगरका नेपाली समुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

संयोगवश ,उक्त दिन नै गैर आवासीय नेपाली संघ अमेरिकाको बैठक समेत आयोजना गरिएको थियो भने अमेरिकाभरिका डा अर्जुन बन्जाडे ९विद्या वारिधि ०को नेतृत्वमा एनआरएनए अमेरिकाका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ, अमेरिका भर्जिनिया च्याप्टर(शाखा)ले राष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली संघ अमेरिका सँगको सहकार्यमा नेपाल सरकारबाट वितरण गरिएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा ३ जना नेपाली मूलका अधिवक्ताहरुले यस बिषयमा जानकारी गराएका थिए ।

न्यूयोर्कका वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी जो जुम मार्फत मात्र उपस्थित भएका थिए भने अध्यागमन अधिवक्ता बन्दिता शर्मा दाहाल तथा अध्यागमन अर्का अधिवक्ता निरन्जन अधिकारी भौतिक रुपमा उपस्थित भै गैर आवासीय नेपाली नागरिकता बारेमा बोलेका थिए ।

अधिवक्ता खगेन्द्र जिसी गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व अध्यक्ष समेत रहेकोले उनले गैर आवासीय नेपाली नागरिकता नेपालमा आफ्नो जिल्ला पुगी लिएको र यसका चुनौती र भोग्नु परेका समस्याहरुका बारेमा बोलेका थिए । साथै यो सबैले लिनु पर्ने अपरिहार्यता भन्दै कैयौ समस्या आई रहेकोले यसलाई अझ थुप्रै काम गर्नु पर्ने कुरामा जोड दिए ।

त्यस्तै डिसी महानगर क्षेत्रकी चर्चित तथा महिला अधिवक्ताले गैर आवासीय नेपाली नागरिकताका बारेमा विस्तारमा बुझ्ने शैलीमा ब्याख्या गरेकी थिइन् । उनले हालसालै नेपाल सरकारले दिएकोले सबै कुराहरु हामीले सोचे जस्तै नभएको भन्दै पर्ख र हेर को अवस्था रहेकोले सबैलाई धैर्य धारण गर्न आग्रह गरिन ।

नेपाल सरकारले जारी गरेता पनि जिल्लामा यो दिने प्रक्रियामा समस्या भएका घटनाहरु भएको बताइन । साथै यो लिने बित्तिकै प्रवेशआज्ञा ९भिसा०सम्बन्धी समस्या भएको ,कर्मचारीहरुले अझै भ्रम पार्ने तथा घर जग्गा खरिद गर्न समेत यो नागरिकताको कार्यन्वयन नभएको जानकारी दिइन् । उनले यो प्रारम्भिक चरणकै अवस्थामा भएकोले केही समय पर्खनु र नेतृत्व वर्गले यसमा काम गर्नु पर्ने बताईन ।

साथै अर्का डिसी क्षेत्रकै अधिवक्ता निरन्जन अधिकारीले दोहोरो नागरिकता बारेमा प्रस्तुत गरेका थिए । उनले अमेरिकी नागरिकता लिंदा अपनाउनु पर्ने कुराहरु ,र नेपालको गैर आवासीय नेपाली नागरिकता लिंदा पर्ने सहजता र अप्ठ्याराहरुको समेत सरल भाषामा बुझ्ने गरि ब्याख्या गरेका थिए ।

तीनै अधिवक्ताहरुले उपस्थित भएका नेपाली समुदायले राखेका जिज्ञाशाहरुको सम्बोधन र उत्तर दिएका थिए। समग्रमा गैर आवसीय नेपाली नागरिकता लिन इच्छुक सबैले लिएमा हानी नहुने र लिंदा राम्रो हुने निष्कर्षमा कार्यक्रम टुंगिएको थियो । साथै केही समय मात्र भएकोले अझै गृह मन्त्रालयले मुलुक बाहिरका दुताबासहरुलाई जानकारी समेत नगराई सकिएको अवस्थाले दुतावासकै कर्मचारीहरु यस बिषयमा बोल्न सक्ने अवस्था समेत नभएको नेतृत्व तथा अधिवक्ताहरुले भेलालाई जानकारी दिए ।

साथै यस बिषयमा दुताबासको साथै अमेरिकामा रहेका अमेरिकी नागरिकता सम्बन्धी अमेरिकी बिशेषज्ञ समेतलाई समेट्नु पर्ने कुराको भेलाले सुझाव दिएको छ । केही सहभागीहरुले संसार भर रहेका एनआरएनए हरुमा यी यस्ता समस्याहरुमा छलफल गर्न र सुझाव नेपाल सरकारलाई दिनु पर्ने समेत भेलाले सल्लाह दिएको दिएको छ ।

अझै यस बिषयमा छलफल र अन्तरक्रिया गर्दा अझ राम्रो हुने र सबैले समेत जानकरी पाउने कार्यक्रममा उपस्थित सहभागीले नेतृत्वलाई राय र सुझाव दिएको थियो ।

गत शनिबार आयोजना गरिएको उक्त कार्यक्रममा खाँदा ,पुष्प गुच्छा भाषणहरु र वक्ताहरु न्यून राखिएका थिए। भर्जिनिया क्षेत्र संख्या १० वटा डेमोक्र्याटिकको तर्फबाट उम्मेदवार घोषणा गरेका एड्रियन पोखरेलले बोलेका थिए ।

आफू उम्मेदवार किन भएको भन्दै अफगानिस्तानमा अमेरिकी सैनिकको रुपमा देशलाई सेवा गरेको भन्दै तपाईहरुको साथ र सहयोगको अपेक्षा गर्दै तपाईहरुका मुद्धाहरुमा काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रम संचालन भर्जिनिया शाखाका अध्यक्ष बिशाल कार्कीले गरेका थिए भने एनआरएनए अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडे (विद्या वारिधि०को उपस्थित रहेको थियो । बन्जाडेले पनि आफ्ना केही सारगर्भित मन्तब्यको साथै गैरआवासीय नेपाली नागरिकता बारेमा जवाफ दिनुको साथै आफूले जानेको कुरा राखेका थिए ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस