Techie IT
×
गृहपृष्ठआर्थिकयुवा व्यवसायी गुरुङले कतारमा सञ्चालनमा ल्याए ‘भीआईपी लाउन्ज’

युवा व्यवसायी गुरुङले कतारमा सञ्चालनमा ल्याए ‘भीआईपी लाउन्ज’


दोहा – केही दिन पहिले मात्र एक नाइट क्लबको भव्य उद्घाटन गरेका युवा व्यवसायी उत्तम गुरुङले अर्को नयाँ व्यवसायको थालनी गरेका छन् । कतारको मुटु मुग्लीनामा रहेको भीआईपी होटलमा ‘भीआईपी लाउन्ज’को शुक्रबार राति समुद्घाटन गर्दै नयाँ व्यवसायको थालनी गरेका हुन् ।

नेपालबाट एक सांगीतीक कार्यक्रममा प्रस्तुति दिन कतार आएका चर्चित गायिका मिलन नेवार, चर्चित गायक कृष्ण रेउले र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले संयुक्तरूपमा रिबन र केक काटेर लाउन्जको समुद्घाटन गरेका हुन् । समुद्घाटन पश्चात बोल्दै गायिका नेवारले बधाई दिँदै लाउन्जको शाखा दर्जन ठाउँमा फैलाउन सफल हुन शुभकामना दिइन् । रेउलेले कतारमा पनि नेपाली व्यवसायीहरू बढ्दा देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

No description available.

२४सै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित समुद्घाटन गरिएको लाउन्जमा चिया, कफी, हुक्का, विभिन्न देशका खानाका परिकारसहित पेय पर्दाथ उपलब्ध छन् । ग्राउण्ड फ्लोरमा बाहिरपट्टी कर्नरमा रहेको लाउन्जमा जति बेला पुगे पनि आफूहरू सेवामा तयार रहने सञ्चालक गुरुङले मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए ।


क्याटेगोरी : आर्थिक, ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #कतार, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस