गृहपृष्ठ ∕ आर्थिक ∕ युवा व्यवसायी गुरुङले कतारमा सञ्चालनमा ल्याए ‘भीआईपी लाउन्ज’ युवा व्यवसायी गुरुङले कतारमा सञ्चालनमा ल्याए ‘भीआईपी लाउन्ज’ तिलु शर्मा पौडेल माघ ६, २०८० गते १९:४४ मा प्रकाशित दोहा – केही दिन पहिले मात्र एक नाइट क्लबको भव्य उद्घाटन गरेका युवा व्यवसायी उत्तम गुरुङले अर्को नयाँ व्यवसायको थालनी गरेका छन् । कतारको मुटु मुग्लीनामा रहेको भीआईपी होटलमा ‘भीआईपी लाउन्ज’को शुक्रबार राति समुद्घाटन गर्दै नयाँ व्यवसायको थालनी गरेका हुन् ।नेपालबाट एक सांगीतीक कार्यक्रममा प्रस्तुति दिन कतार आएका चर्चित गायिका मिलन नेवार, चर्चित गायक कृष्ण रेउले र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले संयुक्तरूपमा रिबन र केक काटेर लाउन्जको समुद्घाटन गरेका हुन् । समुद्घाटन पश्चात बोल्दै गायिका नेवारले बधाई दिँदै लाउन्जको शाखा दर्जन ठाउँमा फैलाउन सफल हुन शुभकामना दिइन् । रेउलेले कतारमा पनि नेपाली व्यवसायीहरू बढ्दा देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।२४सै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित समुद्घाटन गरिएको लाउन्जमा चिया, कफी, हुक्का, विभिन्न देशका खानाका परिकारसहित पेय पर्दाथ उपलब्ध छन् । ग्राउण्ड फ्लोरमा बाहिरपट्टी कर्नरमा रहेको लाउन्जमा जति बेला पुगे पनि आफूहरू सेवामा तयार रहने सञ्चालक गुरुङले मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए ।क्याटेगोरी : आर्थिक, ग्लोबल, गल्फट्याग : #breaking, #hot, #कतार, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल