Techie IT
×
गृहपृष्ठग्लोबलके हो बेलायतको ट्रकमा ३९ जनाको मृत्यु प्रकरण, अहिले सम्मको अनुसन्धान यस्तो छ ।

के हो बेलायतको ट्रकमा ३९ जनाको मृत्यु प्रकरण, अहिले सम्मको अनुसन्धान यस्तो छ ।


एजेन्सी, अक्टोबर २३ को दिन पूर्वी इंग्ल्याण्डको एसेक्समा एक लोरीमा ३९ व्यक्तिको मृत शरीर फेला पर्यो । घटनाका सम्बन्धमा चालकसहित चार व्यक्ति पक्राउ परेका छन्, जसमाथि अहिले हत्याको आरोपमा अनुसन्धान चलाइएको छ ।

एसेक्स प्रहरीले उक्त भयानक ‘घटनासम्बन्धमा सम्पूर्ण परिस्थितिलाई जोडेर हेरिरहेको’ बताएको छ । एसेक्स प्रहरीले यस घटनालाई आफ्नो नगर प्रहरीको इतिहासको सबैभन्दा ठूलो हत्या अनुसन्धान भनेको छ । धेरै तथ्य आउनै बाँकी रहेहको उक्त घटनाको हालसम्म बाहिर आउन बाँकी तथ्य यस्ता छन्

को हुन् पीडित ?

सुरुमा एसेक्स प्रहरीले जारी गरेको वक्तव्यमा लोरीबाट वरामद भएका ३९ वटै शव सबै चिनियाँ नागरिकको भएको बताएको थियो ।
मृत्यु हुनेमा ८ महिला र ३१ पुरुष मध्ये एक किशोरीबाहेक सबै वयस्क शरीर भएको प्रहरीले बताएको छ । तथापि, पछिका अध्ययनले लोरीमा रहेका केही शव भियतनामी नागरिकको रहेको बुझिएको छ । २६ वर्षीया भियतनामी नागरिक फाम ट्रा माईले मंगलबार राति आफ्ना परिवार सदस्यलाई पठाएको म्यासेजमा लेखिएको थियो ,‘म मर्दैछु । म सास फेर्न सकिरहेको छैन ।’ त्यस यता उनीसँग सम्पर्क हुन सकेको छैन ।

उनको परिवारले मानिस ओसारपसार गर्नेहरुलाई ३० हजार पाण्उड तिरेर ट्रा माई बेलायत हिडेको बताए । परिवारको उनीसँग अन्तिम पटक बेल्जियममा सम्पर्क भएको थियो । लण्डनस्थित भियतनामको दूतावासले वेपत्ता महिलाबारे बुझ्नको लागि आफूहरु एसेक्स प्रहरीसँग नियमित सम्पर्कमा रहेको प्रतिक्रिया दिएको छ ।

भियतनामका अन्य दुई परिवारले पनि संचारमाध्यमसँग आफ्ना परिवार सदस्य त्यस लोरीमा हुन सक्ने सम्भावना रहेको बताएका छन् ।
संयुक्त अधिराज्यमा भियतनामी समुदायको प्रतिनिधित्व गर्ने एक सस्था भिएटहोमले लोरीमा शव पत्ता लागेको समयदेखि आफूहरुलाई हराइरहेका २० मानिसको फोटो पठाएर खोजिदिन अनुरोध आएको बताएको छ ।

घटना कसरी बाहिर आयो ?

प्रहरीले वाटरग्लेड इण्डस्ट्रीयल पार्क क्षेत्रमा शव रहेको लोरी भेटेको थियो । बुधबार मध्यरातपछि अर्थात १ः४० मा लास रहेको लोरीबारे जानकारी आएको थियो । त्यो स्थान लण्डनको पूर्वबाट १५ किमी टाढा छ । शवलाई पहिले एम्बुलेन्स कर्मचारीले भेटेका थिए । तिनलाई लोरीको सुचना कसले दियो भन्ने हालसम्म केही थाहा भएको छैन ।

विहिबार प्रहरीले शव हटाउने प्रक्रिया सुरु गरेको थियो । सबै शवमाथि मृत्युको कारणबारे ‘कारोनार’ जाँच हुनेछ । त्यसपछि प्रहरीले प्रत्येक शवको पहिचान गर्ने प्रयास गर्नेछ । प्रहरीले यसमा धेरै लाग्न सक्ने बताएको छ।

हालसम्म को को पक्राउ परे ?

शुक्रबार स्ट्यास्टेन विमानस्थलबाट एक मानिस पक्राउ परे । उनीलाई अन्जानबस–हत्या र मानिसको ओसार–पसारको आशंका पक्राउ गरिएको हो ।
नर्दन आयरल्याण्डका ती व्यक्ति ४८ वर्षकाका छन् । एसेक्स प्रहरीले शुक्रबार थप दुई व्यक्तिलाई पक्राउ गरेको बताएको छ । वारिङ्टन निवासी दुवै ३८ वर्ष रहेका ती दम्पत्तीलाई मानव ओसारपसार र ३९ व्यक्तिको अन्जानबस हत्यामा सघाएको आरोप छ ।

त्यस अघि नै बुधाबार लोरीका चालक पनि पक्राउ परेका थिए । २५ वर्षका मो रोविन्सन नर्दन आयरल्याण्ड निवासी हुन् र उनलाई हत्याको आशंकामा पक्राउ गरिएको हो । थप अनुसन्धानको लागि प्रहरीले समय मागेका रोविन्सन प्रहरी हिरासतमा छन् ।

घटनालाई लएर नर्दन आयरल्याण्डका तीन क्षेत्रमा छापा हानिएको छ र नेसनल क्राइम एजेन्सीले घटनामा कुनै ‘सगठित अपराधीक समूह’ संलग्न भए नभएको पत्ता लगाउन काम गरिरहेको छ ।

लोरी र कन्टेनर कहाँको थियो ?

लोरीमा जडान गरिएको जीपीएसबाट प्राप्त तथ्याकंमा रेफ्रिजिरेटर जडित कन्टेनर–ट्रेलर भेटिनुअघि वाहन संयुक्त अधिराज्य र युरोप आउ–जाउ गरेको देखिएको छ । कन्टेनर–ट्रेलर ‘ग्लोबल ट्रेलर रेन्टल’ नामक कम्पनीबाट अक्टोबर १५ मा भाडामा लिइएको देखिएको छ । कम्पनीले आफूबाट भाडा लिएर कन्टेनरलाई त्यसरी प्रयोग गर्न लागेको थाहा नभएको बताएको छ ।

समातिनु केही समयअघि कन्टेनरले पार गरेको मार्ग यस प्रकार छन्ः

१.स्रोतले बताए अनुसार जीपीएस सुचनामा कन्टेनरले अक्टोबर १५मा आयरल्याण्डको मोनाघन छाडेको र नर्थन आयरल्याण्ड पुगेर डब्लीनको दक्षिणतर्फ फर्किएको देखिन्छ ।

२.त्यसपछि डब्लिनबाट वाहन अक्टोबर १६ को मध्यरातमा वेल्सको होलीहेड पुग्यो ।

३.त्यो साँझ, कन्टेनर–ट्रेलर डोभर हुदैं फ्रान्सको काले पुगेर युरोप पूग्यो ।

४.अक्टोबर १७ देखि २२बीच वाहन बेल्जियम र फ्रान्सका विभिन्न सहर पुगेको देखिन्छ ।

५.अक्टोबर २२ मा त्यसले अन्तिमपटक जीब्रुगीदेखि पुरफ्लिट पार ग¥यो ।

एसेक्स प्रहरीका अनुसार ट्राक्टर इकाई(लोरीको अघिल्लो भाग) अक्टोबर २० मा वेल्सको बन्दगाह होलिहेडबाट संयुक्त अधिराज्य प्रवेश गरेको देखाएको छ। लोरी डब्लिनबाट त्यहाँ ल्याइएको थियो । प्रहरीको विश्वासमा ट्राक्टर इकाईले पुरफ्लिटमा कन्टेनर ट्रेलरलाई लिएको देखिन्छ । त्यहाँबाट हिडेको आधा घण्टामा प्रहरीलाई लोरीमा शव भएको खबर पुगेको थियो ।

रेफ्रिजेरेटरयुक्त कन्टेनरको तापक्रम माइनस २५ डिग्री सेल्सियससम्म पुग्न सक्छ । लोरीलाई अहिले एसेक्स प्रहरीले सुरक्षित स्थानमा राखेको छ ।
सुरुवाती रिपोर्टमा लोरी बुल्गेरिया हुदैं आएकोजस्तो देखिएको थियो । तर बुल्गेरियाको सरकारले ट्राक्टर भाग सन् २०१७ मै उसको देशमा दर्ता भएको भए पनि त्यस यता उक्त देशमा प्रवेश नगरेको बताएको छ ।

बेलायतको ट्रान्जिटमा हालसम्म कति आप्रवासी मरे ?

सन् २०१४ देखि संयुक्त राष्ट्र सघंले ट्रान्जिटमा मर्ने आप्रवासीको तथ्याकं राख्न थालेको हो । त्यस यता, पाँच आप्रवासीको संयुक्त अधिराज्यभित्र शव भेटिएको छ :

–सन् २०१४ मा एक अफगानी आप्रवासीको शव एसेक्सको टिलबुरी डक्समा भेटिएको थियो । शव सिपिङ कन्टेनरमा भेटिएको थियो । बाँकी २४ लाई भने सकुसल उद्दार गरिएको थियो ।

–सन् २०१५ मा दुई आप्रवासीको शरिर ब्रान्स्टनमा एक काठको क्रेटमा पाइएको थियो । क्रेट इटालीबाट पठाइएको थियो ।

–सन् २०१६ मा लोरी मुनि झुण्डीएर आएका आप्रवासी अक्सफोर्डसायरको बनबरीमा झर्दा लरीले किचेको थिए ।

–सन् २०१६ मै फ्रान्सबाट बेलायत पसेको एक लरीमा एक अप्रवासीको शव भेटिएको थियो ।

सन् २०१४ मा युरोपमा आप्रवासी संकट देखिनुअघि यससम्बन्धमा तथ्याकं संकलन नगरिएकाले त्यसअघिका मृत्युका घटना भने संकलन हुन सकेको छैन । तर यस्तो घटना नयाँ होइन ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस