गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको छ : अमेरिका नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको छ : अमेरिका दीप संञ्चार कात्तिक ७, २०७६ गते २१:३७ मा प्रकाशित काठमाडौंं, संयुक्त राज्य अमेरिकाले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ । दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले त्यहाँको एक संसदीय उपसमितिमा नेपालसम्बन्धी ब्रिफिङ गर्ने क्रममा उक्त टिप्पणी गरेकी हुन् ।‘नेपालमा चिनियाँ प्रभाव बढ्दो छ, त्यसैले तिब्बती समुदायमाथि नेपाल सरकारको प्रतिबन्ध छ,’ उपसमितिमा मंगलबार उनले भनेकी छन्, ‘सरकारले तिब्बती बौद्धमार्गी समुदायलाई प्रतिबन्ध लगाउने क्रम बढेको छ । दलाई लामाको जन्मोत्सव मनाउने सार्वजनिक समारोहमा रोक लगाइएको छ ।’ चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेको १० दिनपछि अमेरिकी अधिकारीबाट यस्तो धारणा आएको हो ।ब्रिफिङमा उनले नेपालमा जारी भएको फौजदारी अपराध संहिताले जबर्जस्ती धर्म परिवर्तनलाई अपराध मानेकाले धार्मिक अल्पसंख्यक समुदाय जोखिममा परेको पनि उल्लेख गरेकी छन् । नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चित गरिए पनि व्यवहारमा लागू हुन चुनौती रहेको उनको टिप्पणी छ ।पछिल्लोपटक बन्न लागेका मिडिया कानुनबारे उनको टिप्पणी छ, ‘नेपालले प्रेस स्वतन्त्रता र लोकतन्त्रका सिद्धान्तहरूको रक्षा गरेको भए पनि अनलाइन मिडियाहरूसम्बन्धी हालैका नियम र निर्देशनहरूले प्रेस स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने आधार तय गरेको छ ।’नागरिकहरूको राजनीतिक अधिकार र जीवनस्तरमा भने सुधार भइरहेको भन्दै उनले प्रशंसा गरेकी छन् । ‘सामाजिक–आर्थिक विकासले नेपालीको जीवनमा महत्त्वपूर्ण सुधार भएको छ,’ वेल्सको ब्रिफिङमा छ ।उनले दक्षिण एसियाका भारत, पाकिस्तानलगायत सबै मुलुकबारे ब्रिफिङ गरेकी थिइन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिनँ : उपप्रधानमन्त्री खड्का,आधिकारिक छान्ने…नेपाल आदिवासी जनजाति महासंघ युएईको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नबद्री केसीबिरुद्द परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता,निर्वाचन स्थगित गरि स्वतन्त्र छानविनको…नेपाली इन्जिनियरहरुले विकास गरेको अत्याधुनिक सफ्टवेयर लस भेगासमा प्रदर्शन धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ७नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट हिमपातका कारण चीनका विद्यालयमा अनलाइन पढाइ एनसेल प्रकरणमा प्रतिक्रियावादीहरुले दुस्प्रचार गरे : प्रधानमन्त्री प्रचण्ड छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री महत रूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको प्रधानमन्त्रीको भनाइ सेयर कारोबार ५ महिनायताकै उच्च, घट्यो नेप्से कांग्रेस कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते राष्ट्रियसभा निर्वाचन : पाँच दलले दिए दलदर्ताको निवेदन