गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको छ : अमेरिका नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको छ : अमेरिका दीप संञ्चार कात्तिक ७, २०७६ गते २१:३७ मा प्रकाशित काठमाडौंं, संयुक्त राज्य अमेरिकाले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको टिप्पणी गरेको छ । दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एलिस जी वेल्सले त्यहाँको एक संसदीय उपसमितिमा नेपालसम्बन्धी ब्रिफिङ गर्ने क्रममा उक्त टिप्पणी गरेकी हुन् ।‘नेपालमा चिनियाँ प्रभाव बढ्दो छ, त्यसैले तिब्बती समुदायमाथि नेपाल सरकारको प्रतिबन्ध छ,’ उपसमितिमा मंगलबार उनले भनेकी छन्, ‘सरकारले तिब्बती बौद्धमार्गी समुदायलाई प्रतिबन्ध लगाउने क्रम बढेको छ । दलाई लामाको जन्मोत्सव मनाउने सार्वजनिक समारोहमा रोक लगाइएको छ ।’ चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेको १० दिनपछि अमेरिकी अधिकारीबाट यस्तो धारणा आएको हो ।ब्रिफिङमा उनले नेपालमा जारी भएको फौजदारी अपराध संहिताले जबर्जस्ती धर्म परिवर्तनलाई अपराध मानेकाले धार्मिक अल्पसंख्यक समुदाय जोखिममा परेको पनि उल्लेख गरेकी छन् । नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चित गरिए पनि व्यवहारमा लागू हुन चुनौती रहेको उनको टिप्पणी छ ।पछिल्लोपटक बन्न लागेका मिडिया कानुनबारे उनको टिप्पणी छ, ‘नेपालले प्रेस स्वतन्त्रता र लोकतन्त्रका सिद्धान्तहरूको रक्षा गरेको भए पनि अनलाइन मिडियाहरूसम्बन्धी हालैका नियम र निर्देशनहरूले प्रेस स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने आधार तय गरेको छ ।’नागरिकहरूको राजनीतिक अधिकार र जीवनस्तरमा भने सुधार भइरहेको भन्दै उनले प्रशंसा गरेकी छन् । ‘सामाजिक–आर्थिक विकासले नेपालीको जीवनमा महत्त्वपूर्ण सुधार भएको छ,’ वेल्सको ब्रिफिङमा छ ।उनले दक्षिण एसियाका भारत, पाकिस्तानलगायत सबै मुलुकबारे ब्रिफिङ गरेकी थिइन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप