गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएमा बद्री केसीले लिएको शपथ अवैध छ : अध्यक्षका प्रत्याशी शर्मा र श्रेष्ठ एनआरएनएमा बद्री केसीले लिएको शपथ अवैध छ : अध्यक्षका प्रत्याशी शर्मा र श्रेष्ठ दीप संञ्चार कात्तिक ५, २०८० गते ७:१२ मा प्रकाशित गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारद्वय महेश कुमार श्रेष्ठ तथा आरके शर्माले संघका निवर्तमान अध्यक्ष बद्री केसीले आफुलाई आफै अध्यक्ष घोषित गरी शपथ लिने काम अवैध भएको जनाएका छन ।शनिबार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले निवर्तमान अध्यक्ष केसीले तीन जना अध्यक्षहरु बीच भएको सहमति उल्लङ्घन गरेको आरोप लगाए । स्मरणीय छ, संघका अध्यक्ष कुल आचार्य, रबिना थापा तथा केसीले निर्वाचनमा भएका अनियमतिताहरुको छानबिन गर्न प्राविधिक विज्ञहरु रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्न शुक्रबार सहमति जनाएका थिए। तर उक्त सहमतिको मसी सुक्न नपाउंदै आफै उम्मेदवार रहेका निवर्तमान अध्यक्ष केसीले शनिबार हतार हतारमा शपथ लिएका थिए। ‘देशको समृद्धिमा योगदान दिने उद्देश्यले म यो अभियानमा लागेको हुँ। संस्थालाई यसरी दुरुपयोग गरिन्छ भन्ने थाहा पाएको भए म यो अभियानमै लाग्ने थिइनं,’ श्रेष्ठले भने।त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार आर के शर्माले भेरोले गराएको मतदान प्रक्रियाबारे गम्भीर आशंकाहरु उत्पन्न भए पछि आफुहरुले छानबिन गर्न माग गरेको तर निर्वाचन समितिका एक सदस्यले विवादको टुंगो नलाग्दै एकपक्षीय रुपमा केसी र उनी पक्षीय उम्मेदवारहरुलाई शपथ दिलाएको बताए। ‘यस्तो शपथ हामीलाई मान्य छैन,’उनले भने । उनले एक छानबिन समिति गठन गरेर निर्वाचनका क्रममा भएका सबै अनियमितताहरुको छानबिन गर्न माग पनि गरे।निवर्तमान अध्यक्ष बद्री केसीले एक पक्षीय रुपमा शपथ लिए पछि अध्यक्षद्वय कुल आचार्य र रबिना थापाले छुट्टै भेला गरी महाधिवेशनलाई निरन्तरता दिएका छन्। उनीहरुले निर्वाचन सम्बन्धी विवादको टुंगो नलाग्दै गराइएको शपथ विधान विपरित भएकाले त्यो मान्य नहुने बताएका छन्। कार्यक्रमको संचालन संघका महासचिव डा केशव पौडेलले गरेका थिए।क्याटेगोरी : ग्लोबलट्याग : #Breakig, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१…कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट शुभारम्भमाछापुच्छ्रे बैंक अब कतारमा पनिगैरआवासीय नेपाली तारा सिजन ४’का लागि डिजिटल अडिसनबाट ६८ जना… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट गैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१ जना प्रतिस्पधी दोस्रो चरणमा प्रवेस लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोग एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत छोराको कुटपिटबाट बुबाको मृत्यु जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री