गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएमा बद्री केसीले लिएको शपथ अवैध छ : अध्यक्षका प्रत्याशी शर्मा र श्रेष्ठ एनआरएनएमा बद्री केसीले लिएको शपथ अवैध छ : अध्यक्षका प्रत्याशी शर्मा र श्रेष्ठ दीप संञ्चार कात्तिक ५, २०८० गते ७:१२ मा प्रकाशित गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारद्वय महेश कुमार श्रेष्ठ तथा आरके शर्माले संघका निवर्तमान अध्यक्ष बद्री केसीले आफुलाई आफै अध्यक्ष घोषित गरी शपथ लिने काम अवैध भएको जनाएका छन ।शनिबार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले निवर्तमान अध्यक्ष केसीले तीन जना अध्यक्षहरु बीच भएको सहमति उल्लङ्घन गरेको आरोप लगाए । स्मरणीय छ, संघका अध्यक्ष कुल आचार्य, रबिना थापा तथा केसीले निर्वाचनमा भएका अनियमतिताहरुको छानबिन गर्न प्राविधिक विज्ञहरु रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्न शुक्रबार सहमति जनाएका थिए। तर उक्त सहमतिको मसी सुक्न नपाउंदै आफै उम्मेदवार रहेका निवर्तमान अध्यक्ष केसीले शनिबार हतार हतारमा शपथ लिएका थिए। ‘देशको समृद्धिमा योगदान दिने उद्देश्यले म यो अभियानमा लागेको हुँ। संस्थालाई यसरी दुरुपयोग गरिन्छ भन्ने थाहा पाएको भए म यो अभियानमै लाग्ने थिइनं,’ श्रेष्ठले भने।त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार आर के शर्माले भेरोले गराएको मतदान प्रक्रियाबारे गम्भीर आशंकाहरु उत्पन्न भए पछि आफुहरुले छानबिन गर्न माग गरेको तर निर्वाचन समितिका एक सदस्यले विवादको टुंगो नलाग्दै एकपक्षीय रुपमा केसी र उनी पक्षीय उम्मेदवारहरुलाई शपथ दिलाएको बताए। ‘यस्तो शपथ हामीलाई मान्य छैन,’उनले भने । उनले एक छानबिन समिति गठन गरेर निर्वाचनका क्रममा भएका सबै अनियमितताहरुको छानबिन गर्न माग पनि गरे।निवर्तमान अध्यक्ष बद्री केसीले एक पक्षीय रुपमा शपथ लिए पछि अध्यक्षद्वय कुल आचार्य र रबिना थापाले छुट्टै भेला गरी महाधिवेशनलाई निरन्तरता दिएका छन्। उनीहरुले निर्वाचन सम्बन्धी विवादको टुंगो नलाग्दै गराइएको शपथ विधान विपरित भएकाले त्यो मान्य नहुने बताएका छन्। कार्यक्रमको संचालन संघका महासचिव डा केशव पौडेलले गरेका थिए।क्याटेगोरी : ग्लोबलट्याग : #Breakig, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल