गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए निर्वाचन : प्रारम्भिक मतदानमा आरके शर्माको पक्षमा उत्साह, आन्तरिक सर्वेक्षणमा आरके नै अगाडी एनआरएनए निर्वाचन : प्रारम्भिक मतदानमा आरके शर्माको पक्षमा उत्साह, आन्तरिक सर्वेक्षणमा आरके नै अगाडी दीप संञ्चार कात्तिक २, २०८० गते २०:५८ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा गएरातिदेखि अनलाइन मतदान जारी रहेको छ ।जारी मतदानमा अध्यक्षका उम्मेदवार आरके शर्माको पक्षमा माहोल देखिएको छ । उनी फ्रेस उम्मेदवार र पहिलो पटक मध्यपूर्वलाई नेतृत्व दिनुपर्ने भन्दै युरोप,एशिया,ओसेनियादेखि अमेरिका क्षेत्रका डेलिगेट्सले पक्षमा मतदान गरेका छन् । यस्तै मध्यपूर्वबाट उनलाई भारी मत परेको बताइएको छ ।यसैबीच गोप्यरुपमा गरिएको आन्तरिक मत सर्वेक्षणमा आरके तीन जना उम्मेदवार भन्दा अगाडि देखिएका छन । अध्यक्षका उम्मेदवार रविना थापाले महेश श्रेष्ठलाई समर्थन गर्दासमेत उनी नै अगाडि देखिएका हुन् । आरके भन्दा बद्री केसी पछाडि देखिएका छन् ।आरके शर्मालाई एकीकृत नेपालको सत्ता गठबन्धन दल निकट प्रवासी संघ संगठनहरुले समर्थन गरेका छन् । एकीकृत समाजवादी, जसपा, नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठनका साथै कांग्रेस निकट जनसम्पर्क मञ्चको ठुलो हिस्सा समेत आरकेको साथमा देखिएको हो ।चुनावमा आरकेको पक्षमा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने डेलिगेट्सहरु पनि देखिएका छन् । जसका कारण महाधिवेशन स्थल होटल सोल्टीदेखि विश्वभर माहोल देखिएको एक अभियन्ताले दाबी गरे । अनलाइन भोटिङका साथै होटल सोल्टीमा भेला भएका एनआरएनएहरुले पनि मतदान गरेसँगै निर्वाचन सम्पन्न हुनेछ । निर्वाचन समितिका सदस्य चिरञ्जिवि ढकालले आज मध्यरातमा चुनाव सकिएर त्यसको केहीबेरमै अन्तिम नतिजा आउनेछ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप