गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मध्यरातदेखि एनआरएनएको भोटिङ खुल्यो, अन्तिम समयमा आरके शर्मालाई बलियो समर्थन मध्यरातदेखि एनआरएनएको भोटिङ खुल्यो, अन्तिम समयमा आरके शर्मालाई बलियो समर्थन दीप संञ्चार कात्तिक २, २०८० गते ६:२६ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि राति १२ बजेदेखि अनलाइन भोटिङ खुला भएको छ । एनआरएनएको अध्यक्ष पदमा आरके शर्मा, डा बद्री केसी, रविना थापा र महेश श्रेष्ठ रहेका छन् ।यद्यपि निर्वाचनमा पहिलो पटक मध्यपूर्वबाट अध्यक्षको उम्मेदवार रहेका आरके शर्मालाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । अन्तिम समयमा उनलाई एकीकृत नेपालको सत्ता गठबन्धन दल निकट प्रवासी संघ संगठनहरुले समर्थन गरेका छन् । एकीकृत समाजवादी, जसपा, नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठनका साथै कांग्रेस निकट जनसम्पर्क मञ्चको ठुलो हिस्सा समेत आरकेको साथमा देखिएको हो ।एमाले निकट प्रवासी संगठनको भने एमाले निकट उम्मेदवार बद्री केसीलाई रहेको छ ।कांग्रेस भने चुनावमा विभाजित अवस्थामा पुगेको हो । कांग्रेसको एक ठूलो समूहले आरकेलाई समर्थन गर्दै गर्दा बाँकी समूह महेश श्रेष्ठ र बद्री केसीका साथै रविना थापातिर बाँडिएको हो ।चुनावमा आरकेको पक्षमा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने डेलिगेट्सहरु पनि देखिएका छन् । जसका कारण महाधिवेशन स्थल होटल सोल्टीदेखि विश्वभर माहोल देखिएको एक अभियन्ताले दाबी गरे । अनलाइन भोटिङका साथै होटल सोल्टीमा भेला भएका एनआरएनएहरुले पनि मतदान गरेसँगै निर्वाचन सम्पन्न हुनेछ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट