Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनए उपाध्यक्षमा राज रेग्मीको उम्मेदवारी, प्रतिवद्धताहरुलाई घोषणापत्रमा मात्रै सीमित नराखेर पुरा गर्ने प्रण

एनआरएनए उपाध्यक्षमा राज रेग्मीको उम्मेदवारी, प्रतिवद्धताहरुलाई घोषणापत्रमा मात्रै सीमित नराखेर पुरा गर्ने प्रण


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा राजु रेग्मी (राज)ले उम्मेदवारी दर्ता गराएका छन् ।

वर्तमान युवा उपाध्यक्ष रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन गराएका हुन् । सो पदमा रेग्मीसहित १८ जनाको उम्मेदवारी दर्ता भएको छ । जसबाट ६ जना उपाध्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ ।

एकताबद्ध, सुदृढ र परिणाममुखी एनआरएनए निर्माण आफ्नो प्रतिबद्धता भएको रेग्मीको भनाइ छ । ‘एकताबद्ध, सुदृढ र परिणाममुखी एनआरएनए निर्माणको मेरो प्रतिवद्धतामा यहाँको साथ, सहयोग र समर्थन छ भन्ने आशा लिएको छु’, उम्मेदवारी दर्तापछि रेग्मीले भने, ‘यहाँले मलाई मत दिएर विजय गराउनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’

रेग्मीले यसअघि नै ८ संकल्पसहित आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । यसपटकको अधिवेशनमा रेग्मीलाई उपाध्यक्षका शसक्त उम्मेदवारका रुपमा लिइएको छ । कतारमा कर्मथलो बनाएका रेग्मी एनआरएनएमाझ परिचित मात्र छैनन्, एनआरएनएमा परिणाममुखी काम गर्ने व्यक्तिका रुपमा पनि आफूलाई स्थापित गराउन सफल भएका छन् ।

उनले आफू विजयी भएको दिनदेखि नै चुनावको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न लागि पर्ने बताएका छन् । ‘मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सीमित नराखेर यहाँहरुले दिएको जिम्मेवारी पुरा गर्ने प्रण गर्दछु’, आफूलाई निर्वाचित गराउन अपिल गर्दै रेग्मीले भनेका छन् । सबैको साथ र सहयोगको पूर्ण विश्वासका साथ मंगलबारदेखि काठमाडौँमा सुरु ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको रेग्मीको भनाइ छ ।

‘हाम्रो यो पबित्र अभियान एवं हाम्रो मातृभूमिको हितको लागि मैले बनाएर हिडेंका कार्ययोजना र प्रतिवद्धतालाई सफल र परिणाममुखी बनाऊन यहाँहरु सवैको साथ र सहयोगको लागि हार्दिक अपील गर्दछु’, रेग्मीले भने ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस