Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्याउने डा. पौडेलको उद्घोष

एनआरएनए मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्याउने डा. पौडेलको उद्घोष


गैर आवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको डा. पौडेलले महेश श्रेष्ठलाई अध्यक्षमा समर्थन गर्दै उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो ।

डा. पौडेलले प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा आइतबार उम्मेदवारी दर्ता गर्नुभयो ।

उम्मेदवारी दर्ता गराउँदै पौडेलले गैर आवासीय मताधिकार र गैर आवासीय मुद्दा सम्बोधनका लागि एनआरएनए मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्याउन आफू दिलोज्यानले लाग्ने बताउनुभयो ।

उहाँले गैर आवासीय नेपाली संघमा पारदर्शीताको विषयलाई प्रमुखताका साथ उठाउने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । एनआरएनए अमेरिकामा दुई कार्यकाल नेतृत्व गर्नु भएको डा. पौडेल हाल महासचिव हुनुहुन्छ ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस