गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए निर्वाचन : महिला उपाध्यक्ष पदमा रोजिनाको उम्मेदवारी एनआरएनए निर्वाचन : महिला उपाध्यक्ष पदमा रोजिनाको उम्मेदवारी दीप संञ्चार असोज ३०, २०८० गते ८:०० मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा रोजिना प्रधान राईले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।महिलाको मुद्दामा दृढताका साथ काम गर्न प्रतिबद्धताका साथ आफूले सो पदमा उम्मेदवारी मनोनयन दर्ता गरेको राईले बताइन् । उनले सबैको साथ, समर्थन अपेक्षासहित विजयी गराउन आग्रह समेत गरिन् । एनआरएनएको निर्वाचन यही असोज ३ गते हुने छ ।बेलायतकी महिला अभियन्ता, सामाजिक ब्यक्तित्व तथा व्यवसायी राईले यसअघि महिला सचिवमा उम्मेदवारी दिने सोच बनाएकी थिइन् । तर, अग्रज र एनआरएनए अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गर्दै आफूले महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षका साथ सो पदमा उम्मेदवारी दिएको उनको भनाइ छ । आफ्नो समर्पण र अनुभव सुहाउँदो जिम्मेवारीका लागि आकांक्षा राखेको उल्लेख गर्दै रोजिनाले महिलाहरुको सम्मानका साथ समान हक अधिकार र हरेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रण गरेकी छन् । संसारभर रहेका महिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने वाचा उनको रहेको छ ।उनले युग सुहाउँदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वधनमा लाग्ने लगायत एजेन्डा पनि सारेकी छन् ।एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल उनले एनआरएनए यूके उपाध्यक्ष हुँदै केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरि आफ्नो कार्य कुशलता संसारभर देखाईसकेकी छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #budget, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप