Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनएको अध्यक्षमा ४ र उपाध्यक्षमा १८ को उम्मेदवारी

एनआरएनएको अध्यक्षमा ४ र उपाध्यक्षमा १८ को उम्मेदवारी


गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय राजेन्द्र कुमार (आरके) शर्मा र महेश श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

 

निर्वाचन समितिका सदस्य चिरञ्जिवी ढकालले कात्तिक २ गते हुने निर्वाचन प्रयोजनका लागि असोज २५ देखि सोमबारसम्म मनोनयनको दर्ता राखिएकोमा अध्यक्ष पदमा मात्रै चार जनाको उम्मेदवारी परेको जानकारी दिए । जसअनुसार निर्वाचन समितिले सोमबार साँझ संघको निर्वाचनसम्बन्धी नियमावली, २०२१ ९संशोधन २०२३० को नियम ८९११० बमोजिम सबै पदका उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको छ ।

समितिका अनुसार उपाध्यक्ष पदमा १८ जनाको उम्मेदवारी परेको छ । जसमध्येबाट ६ जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा दुई जना, एक जना निर्वाचित हुने युवा उपाध्यक्ष पदमा पनि दुई जनाकै उम्मेदवारी परेको छ । यसैगरी महासचिवमा बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । एनआरएनए विधानमा महासचिव पनि एक जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी दुई जना निर्वाचित हुने उपमहासचिव पदमा ५जना, ६ जना निर्वाचित हुने सचिव पदमा १५ जना र एक जना निर्वाचित हुने महिला सचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी सचिव पदमा ठाकुर ढुंगाना र सुदन थापाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पनि एकजना नै निर्वाचित हुने व्यवस्था छ । यसैगरी तीन जना सहकोषाध्यक्ष निर्वाचित हुनेमा ६ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला सहकोषााध्यक्ष एक जना निर्वाचित हुनेमा दुई जनाको ृउम्मेदवारी परेको छ ।

यस्तै एक÷एक जना निर्वाचित हुने महिला संयोजकमा दुई, युवा संयोजकमा दुई, अमेरिकाज क्षेत्रीय संयोजकमा दुई, एसिया प्यसिफिक संयाजकमा ४, युरोप संयोजकमा ३, मध्यपूर्व संयोजकमा २ जनाको उम्मेदवारी परेको छ । यसैगरी अफ्रिका संयोजकमा पुष्पराज भट्टराईको एकल उम्मेदवारी परेपछि सर्वसम्मत भएका छन् । यस्तै ओसिनिया क्षेत्रीय संयोजकमा पनि दिनेश पोख्रेल सर्वसम्मत भएका छन् । यसैगरी अफ्रिका क्षेत्रीय उपसंयोजकमा कसैको पनि उम्मेदवारी परेन ।

अमेरिकाज क्षेत्रीय उपसंयोजकमा तीन जनाको उम्मेदवारी परेको छ भने एसिया प्यासिफिक उपसंयोजकमा ५ जना, युरोप क्षेत्रीय उपसंयोजकमा ८ जनाको उम्मेदवारी परेको छ । यसैगरी मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा ६ जनाको उम्मेदवारी परेको छ । ओसिनिया क्षेत्रीय उपसंयोजकमा तीन जनाको उम्मेदवारी पर्दा अफ्रिका क्षेत्रीय महिला संयोजकमा खेसाना लिम्बुको एकल उम्मेदवारी परेसँगै सर्वसम्मत भएकी छन् । यसैगरी अमेरिकाज क्षेत्रीय महिला संयोजकमा पनि इन्दिरा त्रिपाठी सर्वसम्मत भएकी छन् । यसैगरी एसिया प्यासिफिक महिला क्षेत्रीय संयोजकमा अनिता गुरुङ लामा, मिडल इस्ट महिला क्षेत्रीय संयोजकमा लक्ष्मी गिरी, ओसिनिया महिला संयोजकमा रेनुका लामा सर्वसम्मत भएका छन् । तर, युरोप क्षेत्रीय महिला संयोजकमा भने दुई जनाको उम्मेदवारी परेको छ ।

यसैगरी क्षेत्रीय महिला उपसंयोजकतर्फ एसिया प्यासिफिकमा इन्दिरा तिवारी, युरोपमा भवानी तिवारी, मिडल इस्टमा सरिता भण्डारी पौडेल सर्वसम्मत चयन भएका छन् । यसैगरी अफ्रिका क्षेत्रीय युवा संयोजकमा कसैको उम्मेदवारी परेन भने अमेरिका क्षेत्रमा स्वराज खाती सर्वसम्मत भए । यसैगरी युवा क्षेत्रीय संयोजकतर्फ नै एसिया प्यासिफिकमा विकास बस्नेत सर्वसम्मत चयन भए भने युरोप क्षेत्रमा प्रकाश भण्डारी सर्वसम्मत भए । यसैगरी मध्यपूर्वमा भने कसैको पनि उम्मेदवारी परेन । यस्तै ओसिनियामा सूर्य आचार्य सर्वसम्मत हुँदा क्षेत्रीय युवा उपसंयोजकतर्फत अफ्रिका क्षेत्रमा कसैको उम्मेदवारी परेन भने अमेरिकाज क्षेत्रमा विशाल रानाको उम्मेदवारी दर्ता भएको छ । उनको एकल उम्मेदवारी परेकाले सर्वसम्मत भएका छन् ।

यस्तै एसिया प्यासिफिकमा नारायण खड्का सर्वसम्मत हुँदा युरोपमा कसैको पनि उम्मेदवारी परेन । यस्तै मध्यपूर्वमा कृष्ण कुमार ठाकुर सर्वसम्मत हुँदा ओसिनियामा पनि कसैको उम्मदवारी दर्ता भएन । यस्तै दोस्रो पुस्ताको एनआरएनए संयोजकमा पनि कसैको उम्मदवारी परेन । एनआरएनएले दोस्रो पुस्तालाई समेट्न खोजेपनि कसैको उम्मेदवारी नपरेपछि सो पुस्ताको संघमा आकर्षण नदेखिएको हो कि भन्ने प्रश्न समेत उठेको छ । प्रारम्भिक नामावलीको आधारमा एनआरएनएले अब दाबी विरोधपछि अन्तिम नामावली प्रकाशित गरेर अन्तिम सूची प्रकाशित गर्नेछ । यस्तै निर्विरोध भएकाहरुलाई प्रक्रिया पुरा गरेर निर्वाचन समितिले विजयी भएको घोषणा गर्नेछ । एनआरएनएको निर्वाचनबाट एक अधयक्षसहित कुल ७४ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।

आरके शर्मालाई अध्यक्ष बनाउन सहमतिको प्रयास हुने
काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ ९एनआरएनए०को निर्वाचन स्वच्छ र निष्पक्ष हुने बताएका छन् । माओवादी केन्द्र प्रवास समन्वय समितिले सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको अन्तरक्रियामा उनले ढुक्क भएर चुनावी प्रतिस्पर्धामा लाग्न आग्रह गरे । निर्वाचनमा सर्वसम्मत उम्मेदवार बनाउन गठबन्धनबाट पहल जारी रहेको पनि उनले जानकारी दिए । प्रचण्डले स्वच्छ प्रतिस्पर्धाबाट योपटक मध्यपूर्वले नेतृत्वमा पाउने विश्वास व्यक्त गर्दै एकतावद्ध र दृढतापूर्वक काममा लाग्न निर्देशन दिए । ‘स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिवद्ध छ । निश्चिन्त भएर चुनावी प्रतिस्पर्धामा लाग्न म आग्रह गर्छु । सर्वसम्मत गराउने विषयमा छलफल अन्तिम समयसम्म जारी रहन्छ’, उनले भने ।

गैरआवासीय नेपालीहरूको नागरिकताको समस्या समाधान अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने कामको सुरुवात प्रवासी नेपालीबाट भएको र त्यसलाई अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू र स्वरोजगारमा रहेका श्रमीकहरूलाई कोषमा आवद्ध गर्ने कुरा भइरहेका उनले बताए । अर्को निर्वाचनमा प्रवासी नेपालीले समेत मतदान गर्न पाउने गरी सरकारले प्रक्रिया अगाडि बढाएको उनले जिकिर गरे । सोही अनुसार निर्वाचन आयोगले विभिन्न ठाउँमा पुगरे अध्ययन गरिरहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्यायको पक्षमा प्रक्रिया सरकारले अगाडि बढाएकाले राम्रो कामको प्रचार गर्न आग्रह गरे । यसैगरी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देशको समृद्धिका लागि योगदान दिन गैरआवासीय नेपालीहरुलाई आग्रह गरे । यसैगरी प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले सर्वसम्मत नेतृत्वका लागि प्रधानमन्त्री तहबाटै पहल गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा अध्यक्ष ओम शर्मासिहत प्रवास समन्वय समितिका पदाधिकारी र एनआरएनएका उम्मेदवार तथा अभियन्ताहरु सहभागी थिए ।
एनआरएनको ११ औं महाधिवेशनमा राजेन्द्रकुमार (आरके)शर्मासहित डा. बद्री केसी र महेशकुमार श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि आरकेको पक्षमा माहोल बलियो देखिएको छ । स्रोतका अनुसार यहीबीचमा आरकेको पक्षमा सर्वसहमतिको प्रयास भइरहेको छ । त्यसका लागि महेश श्रेष्ठसहित बद्री केसीलाई मनाउने प्रयास भइरहेको छ ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस