Techie IT
×
गृहपृष्ठग्लोबलगल्फअध्यक्ष पदका प्रत्यासी आरके शर्माद्धारा सम्पूर्ण एनआरएनए महाधिवेशन प्रतिनिधिहरुलाई आफुलाई मत दिन आग्रह

अध्यक्ष पदका प्रत्यासी आरके शर्माद्धारा सम्पूर्ण एनआरएनए महाधिवेशन प्रतिनिधिहरुलाई आफुलाई मत दिन आग्रह


गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को आगामी कार्यकालका लागि मुख्य दाबेदार रहेका अध्यक्ष पदका प्रत्यासी राजेन्द्र (आरके) शर्माले सम्पूर्ण एनआरएनए महाधिवेशन प्रतिनिधिहरुलाई आफुलाई मत दिन आग्रह गरेका छन् ।

हार्दिक नमस्कार!
श्री सम्पूर्ण एनआरएनए महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) ज्यूहरू
विषयस् अध्यक्ष पदमा मतदानको गरिदिनु हुन हार्दिक अनुरोध !!!
नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ ९ एनआरएनए० ले १९ वर्षको अवधिमा धेरै रचनात्मक र गौरवान्वित काम गरेको छ । विश्वका ८० बढि देशमा संघका राष्ट्रिय समन्वय परिषद्हरू गठन भएका छन । एनआरएनएले नेपालीको ठूलो सांगठनिक सञ्जाल निर्माण गरि सक्रियतापूर्वक कार्यसञ्चालन गर्न सक्नु आफैँमा एउटा महत्वपूर्ण उपलब्धि हो । यहि अभियानमा एनआरएनए कतारको सल्लाहकार, आइसीसी सदस्य, मध्यपूर्व संयोजक, आइसीसी सचिव पदमा रहेर पाएको ज़िम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै एनआरएनए आइसीसीको २०२१(२०२३ को विषम कार्यकालमा उपाध्यक्षको ज़िम्मेवारी आएपछि एकता, सहमति र सहकार्यका निम्ति भूमिका निर्वाह गरे ।

विश्वभरिका नेपालीहरुको, हकहित, सुरक्षित वैदेशिक रोज़गारी, स्वदेशमा लगानी, एकताबद्ध एनआरएनए, नेपालको चिनारी र पर्यटन प्रवर्द्धन वैदेशिक सिप ज्ञान र पूँजी लगानी नेपाल भित्राउनका लागि ‘२४ महिना २४ बाचा’ का साथ ठोस कार्ययोजनासहित अब आउने कार्यकाल २०२३(२०२५ मा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको छु । एनआरएनएको अभियानमा लागेका अग्रजहरूको सम्मान गर्दै सहकर्मीसंगको सामिप्यतामा र अनुजहरूसंग कार्य गर्ने बाचासहित आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित गराइदिनु हुन अनुरोध गर्दछु । मैले प्रस्तुत गरेका २४ महिना २४ बाचा कार्यान्वयन गर्न निर्वाचित भएको दिनदेखि जवाफदेहिता र उत्तरदायीपूर्ण ढंगले लाग्ने छु ।निर्वाचित भै आएको भोलिपल्ट देखि नै मैले प्रस्तुत गरेका बाचाहरु कार्यान्वयनमा लैजाने छु ।

एनआरएनएको यात्रामा यति लामो यात्रा गर्दै गर्दा संस्थामा पारदर्शिता र जवाफदेही नेतृत्वको विकास गराउने र संस्थालाई संस्थागत रूपमा संचालन गराइ नीति तथा कार्यक्रम र योजना कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

विश्वभरका सम्पूर्ण गैरआवासीय नेपालीहरु, अग्रज अभियन्ता, दाजुभाइ, दिदीबहिनी, साथीभाइ लगायत सम्पूर्णमा गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा मलाई अमूल्य मत दिएर विजयी गराउनु हुन विनम्र अनुरोध गर्दछु ।हजुरको सल्लाह, सुझाब र सहयोगको अपेक्षा सहित यस सामाजिक सेवामा अध्यक्षको पदीय जिम्मेवारी सम्हाल्ने सौभाग्य प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु। अध्यक्षमा निर्वाचित भएपछि म सदैव तपाईंहरुको साथमा हुनेछु । धन्यवाद
जय एनआरएनए
भवदीय
राजेन्द्रप्रसाद (आरके) शर्मा
अध्यक्ष पदको प्रत्यासी
गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद्
२०२३/२०२५ कार्यकाल


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #NRNA, #आरके शर्मा

तपाईको प्रतिक्रिया दिनुहोस