Techie IT
×
गृहपृष्ठग्लोबलगल्फएनआरएनए उपाध्यक्ष धर्मराज अधिकारीद्धारा पुनः उपाध्यक्ष पदमै उम्मेदवारी दर्ता

एनआरएनए उपाध्यक्ष धर्मराज अधिकारीद्धारा पुनः उपाध्यक्ष पदमै उम्मेदवारी दर्ता


गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

निर्वाचन समितिमा पुगेर समितिका संयोजक यादवप्रसाद ढुंगाना तथा सदस्य टिबी कार्कीलाई अधिकारीले उम्मेदवारीको मनोनयन बुझाएका हुन ।

वर्तमान कार्यसमितिका आइसीसी उपाध्यक्ष पदमानै रहेका अधिकारीले आगामी कार्यकालमा निर्वाचित उपाध्यक्ष भएर काम गर्नका लागि पुनः सोही पदमा उम्मेदवारी दिएको बताए ।

एनआरएनए अभियानले यस अबधीमा थुप्रै उपलब्धीहरू प्राप्त गरेपनि अझै धेरै कामहरू गर्न बॉंकी रहेकोमा संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव तथा शुभचिन्तक र अग्रजहरुको सल्लाहमा पुन उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताए ।

एनआरएनए अभियानमा लाग्दै गर्दा आफ्नो जिम्मेवारी सफलताका साथ निभाइ रहेको हुँदा आफ्ना केही अधुरा कार्यहरुलाई स्थापित गर्न आइसीसी उपाध्यक्ष पदमा नै उम्मेदवारी दिएको अधिकारीको भनाई छ ।

उनले भने –‘विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई पुनः आइसीसी उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसात् गर्दै उपाध्यक्ष पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ ।’ अधिकारीले एनआरएनको यो अभियानलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता जनाउँदै बिजयी गराउनका लागि अनुरोध गरेका छन् ।

अष्ट्रेलिया, यूएई तथा नेपालमा व्यवसाय गरिरहेका अधिकारी सफल व्यवसायी हुन् ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस