Techie IT
×
गृहपृष्ठग्लोबलगल्फसंघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन गौरीराज जोशीको पुनःमहासचिव पदमा उम्मेदवारी

संघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन गौरीराज जोशीको पुनःमहासचिव पदमा उम्मेदवारी


संघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव गौरीराज जोशीले पुनः महासचिव पदमा उम्मेदवारी दिने दिएका  छन् ।

संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट २०२३-२०२५ कार्यकालका लागि जोशीले पारदर्शीता र संस्थागत विकासको लागि आफूले पुनः महासचिव पदमा उम्मेदवारी दिने निणर्य गरेका हुन ।

जोशीले विगतमा गैर आवासीय नेपाली संघमा रहेर आफूले गरेको कामलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन लागिपर्ने बताउदै विशेष गरि स्मार्ट एनआरएन अवधारणा ल्याएर धेरै काम गरेको जिकीर गरे ।

जोशीले १० औं महाधिवेशनमा देखिएका डेलिगेट्स सिस्टमका समस्यालाई पनि विस्तारै समाधान गर्दै आएको बताउँदै आफूले एनआरएन अभियानको क्रममा थुप्रै च्यारिटीको काम गरेको स्पष्ट पारे । ‘मोबाइल ब्लड बैंक बस परियोजनाको शूरुवात देखि सातै वटा प्रदेशमा पुर्याउने योजना अनुसार काम भइरहेको छ’, उनले भने, ‘संघले अगाडि सारेका १० अर्ब लगानी कोषमा पनि भूमीका निर्वाह गर्दै आएको छु ।’


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस