Techie IT
×
गृहपृष्ठग्लोबलयुरोपबाट आईसिसि सदस्य भिमसेन थापाद्वारा डिआरसीमा उम्मेदवारी

युरोपबाट आईसिसि सदस्य भिमसेन थापाद्वारा डिआरसीमा उम्मेदवारी


पोर्चुगल – गैरआवासीय नेपाली संघ (एनआरएनए) का आईसिसि सदस्य भिमसेन थापाले एनआरएनएको आगामी एघारौं अधिवेशनमा युरोप उप संयोजक(डिआरसी) मा उम्मेदवारी घोषणा गरेका छन ।

एनआरएनएमा संगठनात्मक परिवर्तन गर्न, युवाहरुलाई एनआरएनमा सहभागी गराउन, संस्थामा ब्यापक परिवर्तन ल्याउन आफूले उम्मेदवारी दिएको थापाले बताए ।

एनआरएनएमा अबको आवश्यकता सबै अभियन्ताहरू एकै ठाउँमा रहेर देश विकासको लागी आ आफ्नो ठाउँबाट योगदान दिनु नै रहेको पोर्चुगल निवासी थापाले बताए । थापा पोर्चुगलका सफल व्यावसायी र समाजसेवी पनि हुन ।

उनले हस्पिटालिटी क्षेत्र, कृषि क्षेत्र र कन्स्ट्रक्सन क्षेत्रमा युरोप र नेपालमा ठुलो लगानी गरेका छन । एनआरएन एनसिसि पोर्चुगलको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै हाल थापा आईसीसी सदस्य भएर सामाजिक कार्यसँगै आफ्नो व्यवसाय गरिरहेका छन ।

उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाई प्रवासमा रहेका नेपालीहरुको हक हितमा कार्य गर्न आफ्नो उम्मेदवारी दिएको बताए । थापाले आफु केही लिन नभई यस अभियानमा दिनको लागी आएकाले आफ्नो अभियानमा साथ दिन समस्त युरोपवासी नेपाली र एनआरएनए अभियन्ताहरूलाई साथ र समर्थनको लागी अनुरोध गरेका छन ।

उनले आफु निर्वाचित भएमा सबै युरोपवासीहरुकाे सल्लाह सुझाव लिएर अगाडि बढ्ने जनाउदै डिआरसी पदको लागि आफू उचित उम्मेदवार भएको बताए । थापाले आफुलाई साथ दिन सबै युरोपवासी नेपाली र अभियन्तालाई आग्रह गर्दै आफूलाई काम गर्ने अवसर दिन आग्रह गरे ।

उनले समस्त युरोपवासी गैरआवासीय नेपालीहरुबाट अमुल्य सुझाब ,सल्लाहको आशा गर्दै आफु बिजय भएपछी पोर्चुगल लगायत युरोपको विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको सेवामा समर्पित रहने प्रण गरेका छन ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस