गृहपृष्ठ ∕ ग्लोबल ∕ युरोपबाट आईसिसि सदस्य भिमसेन थापाद्वारा डिआरसीमा उम्मेदवारी युरोपबाट आईसिसि सदस्य भिमसेन थापाद्वारा डिआरसीमा उम्मेदवारी दीप संञ्चार असोज २९, २०८० गते ६:०० मा प्रकाशित पोर्चुगल – गैरआवासीय नेपाली संघ (एनआरएनए) का आईसिसि सदस्य भिमसेन थापाले एनआरएनएको आगामी एघारौं अधिवेशनमा युरोप उप संयोजक(डिआरसी) मा उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनएमा संगठनात्मक परिवर्तन गर्न, युवाहरुलाई एनआरएनमा सहभागी गराउन, संस्थामा ब्यापक परिवर्तन ल्याउन आफूले उम्मेदवारी दिएको थापाले बताए ।एनआरएनएमा अबको आवश्यकता सबै अभियन्ताहरू एकै ठाउँमा रहेर देश विकासको लागी आ आफ्नो ठाउँबाट योगदान दिनु नै रहेको पोर्चुगल निवासी थापाले बताए । थापा पोर्चुगलका सफल व्यावसायी र समाजसेवी पनि हुन ।उनले हस्पिटालिटी क्षेत्र, कृषि क्षेत्र र कन्स्ट्रक्सन क्षेत्रमा युरोप र नेपालमा ठुलो लगानी गरेका छन । एनआरएन एनसिसि पोर्चुगलको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै हाल थापा आईसीसी सदस्य भएर सामाजिक कार्यसँगै आफ्नो व्यवसाय गरिरहेका छन ।उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाई प्रवासमा रहेका नेपालीहरुको हक हितमा कार्य गर्न आफ्नो उम्मेदवारी दिएको बताए । थापाले आफु केही लिन नभई यस अभियानमा दिनको लागी आएकाले आफ्नो अभियानमा साथ दिन समस्त युरोपवासी नेपाली र एनआरएनए अभियन्ताहरूलाई साथ र समर्थनको लागी अनुरोध गरेका छन ।उनले आफु निर्वाचित भएमा सबै युरोपवासीहरुकाे सल्लाह सुझाव लिएर अगाडि बढ्ने जनाउदै डिआरसी पदको लागि आफू उचित उम्मेदवार भएको बताए । थापाले आफुलाई साथ दिन सबै युरोपवासी नेपाली र अभियन्तालाई आग्रह गर्दै आफूलाई काम गर्ने अवसर दिन आग्रह गरे ।उनले समस्त युरोपवासी गैरआवासीय नेपालीहरुबाट अमुल्य सुझाब ,सल्लाहको आशा गर्दै आफु बिजय भएपछी पोर्चुगल लगायत युरोपको विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको सेवामा समर्पित रहने प्रण गरेका छन ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट