Techie IT
×
गृहपृष्ठग्लोबलसंघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन पुनः महासचिव पदमा उम्मेदवारी दिने घोषण गरेको हुँ – जोशी

संघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन पुनः महासचिव पदमा उम्मेदवारी दिने घोषण गरेको हुँ – जोशी


काठमाडौं – संघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव गौरीराज जोशीले पुनः महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट २०२३-२०२५ कार्यकालका लागि जोशीले पारदर्शीता र संस्थागत विकासको लागि आफूले पुनः महासचिव पदमा उम्मेदवारी दिने निणर्य गरेका हुन ।

“गैर आवासीय नेपालीहरुको लगानीलाई सुनीश्चित गर्नका लागि १० प्रतिशतमा लगानी गर्न दिने कुरा छ । त्यसलाई पारदर्शी र लगानीमा प्रतिफल हुने खालका परियोजनामा फोकस गर्ने कुरामा ध्यान दिन जरुरी छ।”

जोशीले विगतमा गैर आवासीय नेपाली संघमा रहेर आफूले गरेको कामलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन लागिपर्ने बताउदै विशेष गरि स्मार्ट एनआरएन अवधारणा ल्याएर धेरै काम गरेको जिकीर गरे ।

जोशीले १० औं महाधिवेशनमा देखिएका डेलिगेट्स सिस्टमका समस्यालाई पनि विस्तारै समाधान गर्दै आएको बताउँदै आफूले एनआरएन अभियानको क्रममा थुप्रै च्यारिटीको काम गरेको स्पष्ट पारे । ‘मोबाइल ब्लड बैंक बस परियोजनाको शूरुवात देखि सातै वटा प्रदेशमा पुर्याउने योजना अनुसार काम भइरहेको छ’, उनले भने, ‘संघले अगाडि सारेका १० अर्ब लगानी कोषमा पनि भूमीका निर्वाह गर्दै आएको छु ।’

“चुनावी अवधिको ६० दिन बाहेक सदस्य सधै खोल्ने व्यवस्था गर्नुपर्छ”

१० औं अन्तर्राष्ट्रिय महाधिवेशनमा देखिएका चुनौती क्रमीक रुपमा सुधार गर्दै आए पनि डेलिगेट्स सिस्टम नयाँ चुनौतीको रुपमा आएको बताउँदै भने ‘डेलिगेट्स सिस्टमलाई सदाको लागि समाधान गर्नुपर्ने देखिन्छ’, उनले थपे, ‘एनसिसीबाट आएको सल्लाह सुझाव र अभियन्ताबाट आएको सल्लाह अनुसार डेलिगेट्स सिस्टमलाई पुर्नसंरचना गर्नुपर्ने आश्यकता छ ।’ चुनावी अवधिको ६० दिन बाहेक सदस्य सधै खोल्ने व्यवस्था गर्नुपर्ने जोशीको भनाई छ ।

संस्थालाई विवादबाट मुक्त बनाउनु अहिलेको आवश्यकता रहेको बताउदै जोशीले भने, ‘गैर आवासीय नेपालीहरुको लगानीलाई सुनीश्चित गर्नका लागि १० प्रतिशतमा लगानी गर्न दिने कुरा छ । त्यसलाई पारदर्शी र लगानीमा प्रतिफल हुने खालका परियोजनामा फोकस गर्ने कुरामा ध्यान दिन जरुरी छ’ ।

जोशीले श्रमीकहरुको सुरक्षाको सवालमा पनि धेरै काम गर्नुपर्ने चुनौती रहेको बताउदै निर्वाचनमा विजयी भएमा यी र यस्तै कुरामा भूमीका खेल्न र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई देशको समृद्धिमा लगाउन सहयोगी बन्ने दाबी गरे ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस