Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा एशिया र अमेरिका क्षेत्रको भ्रमणपछि कर्मभूमि कतारमा

एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा एशिया र अमेरिका क्षेत्रको भ्रमणपछि कर्मभूमि कतारमा


गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्मा एक साताको अमेरिका र क्यानडा भ्रमणपछि कतार फर्केका छन ।

गैरआवासीय अभियानमा अमेरिका क्षेत्रमा बस्ने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन र अध्यक्षका रूपमा अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन शर्मा अमेरिका क्षेत्रको भ्रमणमा निस्केका थिए ।

अमेरिका भ्रमणपछि कर्मभूमि कतार आइपुग्दा शर्मालाई विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले स्वागत गरेका छन ।
शर्माले केही दिनभित्रमा आफ्नो स्पष्ट र योजना सहित अध्यक्षमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने जानकारी गराएका छन ।

२ वर्षे कार्यकालमा अध्यक्षमा निर्वाचित भएपछि गर्ने कामको योजना शर्माले उम्मेदवारी घोषणा सभामा गर्ने छन । शर्माले एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएसँगै विश्वका करिब सबै क्षेत्रको भ्रमण गरेका छन ।

शर्माले विश्वका सबै क्षेत्रमा बस्ने नेपालीहरूसँग लिएको सल्लाह र सुझावको आधारमा आफ्ना कार्यक्रमहरू समेट्ने बताए ।
शर्मा एनआरएनए जापान,कोरिया,हङकङ, क्यानडा र अमेरिकाले गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएर कतार फर्किएका हुन । एशिया र अमेरिका क्षेत्रको भ्रमणपछि शर्माले उत्साहित हुंदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित भएको बताए ।

अधिवेशन सम्पन्न भएका ५९ एनसिसी मध्य प्राय सबैमा आफै पुगेका शर्माको पक्षमा अहिले राम्रो माहोल बनेको छ । एनआरएनए अभियन्ता र डेलिगेट्सहरु शर्माप्रति सकारात्मक रहेको एनआरएन अभियन्ताहरूले बताए ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस