Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनएका अध्यक्षका प्रत्याशी आरके शर्मा अमेरिका क्षेत्रको भ्रमणमा

एनआरएनएका अध्यक्षका प्रत्याशी आरके शर्मा अमेरिका क्षेत्रको भ्रमणमा


गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्मा अमेरिका क्षेत्रको भ्रमणमा निस्केका छन।
१६ सेप्टेम्बरको दिन शर्मा क्यानडा पुग्ने तालिका रहेको छ ।

क्यानडामा गैरआवासीय अभियन्ता,सामाजिक तथा राजनीतिक संस्थाका प्रतिनिधिसँग सल्लाह र सुझाव लिने तयारी शर्माको छ । क्यानडापछि शर्माले अमेरिकाको भ्रमण गर्ने छन् । शर्माले १६ तारिकादेखि १८ तारिकसम्म क्यानडामा बिताउने तयारी छ । त्यसपछि १८ तारिकदेखि २० तारिकसम्म अमेरिका गैरआवासीय अभियानलाई अगाडि बढाउन अभियन्ताहरूसँग राय सुझाव लिने योजना छ ।

“अमेरिका क्षेत्रको भ्रमणबाट आउने सुझाव पछि काठमाडौंमा कार्यक्रम गरेर अध्यक्षको उम्मेदवारी दिने छु”शर्माले भने,“अध्यक्षको रूपमा आफूले २ वर्षे कार्यकालमा गर्ने कामको लागि विश्वमा रहेका सबै नेपालीको सुझाव लिएको छु”

शर्माले सामाजिक कामलाई निरन्तरता दिने सहित आर्थिक मुद्दालाई अगाडि बढाउने योजना सहित अध्यक्षको उम्मेदवारीको तयारी गरेका छन् । श्रमिक र काम गर्ने वर्गको हितलाई प्राथमिकता दिएर विश्वभर बस्ने सबै नेपालीलाई अभियानमा जोड्ने तरिका सहितको योजना उम्मेदवारी घोषणा कार्यक्रममा ल्याउने तयारी शर्माको छ ।

“एसिया,युरोप तथा ओसियाना क्षेत्रका गैरआवासीय अभियन्तासँग प्रत्यक्ष भेटेर अध्यक्षको रूपमा मैले गर्नुपर्ने कामको लागि सुझाव लिइसकेको छु”शर्माले भने,“अमेरिका क्षेत्रका अभियन्तासँग भेटेपछि अध्यक्षको रूपमा गर्नुपर्ने कामका लागि सबै क्षेत्रको सुझाव आउँछ । त्यो अनुसार म अगाडि बढ्छु।”

शर्माले यसअघि युरोप,एसिया तथा ओसियाना क्षेत्रको भ्रमण गरिसकेका छन् । सो क्रममा शर्मालाई अभियन्ताहरुले अहिलेसम्म गैरआवासीय अभियानको नेतृत्व मध्यपूर्वले नपाएको भन्दै श्रमिकको एजेण्डा शर्माले लिएको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।
एनआरएनएको विश्वसम्मेलन अक्टोबरको दोस्रो साता काठमाडौंमा हुने छ । जसले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस