गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएका अध्यक्षका प्रत्याशी आरके शर्मा अमेरिका क्षेत्रको भ्रमणमा एनआरएनएका अध्यक्षका प्रत्याशी आरके शर्मा अमेरिका क्षेत्रको भ्रमणमा दीप संञ्चार भदौ २९, २०८० गते १७:११ मा प्रकाशित गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्मा अमेरिका क्षेत्रको भ्रमणमा निस्केका छन।१६ सेप्टेम्बरको दिन शर्मा क्यानडा पुग्ने तालिका रहेको छ ।क्यानडामा गैरआवासीय अभियन्ता,सामाजिक तथा राजनीतिक संस्थाका प्रतिनिधिसँग सल्लाह र सुझाव लिने तयारी शर्माको छ । क्यानडापछि शर्माले अमेरिकाको भ्रमण गर्ने छन् । शर्माले १६ तारिकादेखि १८ तारिकसम्म क्यानडामा बिताउने तयारी छ । त्यसपछि १८ तारिकदेखि २० तारिकसम्म अमेरिका गैरआवासीय अभियानलाई अगाडि बढाउन अभियन्ताहरूसँग राय सुझाव लिने योजना छ ।“अमेरिका क्षेत्रको भ्रमणबाट आउने सुझाव पछि काठमाडौंमा कार्यक्रम गरेर अध्यक्षको उम्मेदवारी दिने छु”शर्माले भने,“अध्यक्षको रूपमा आफूले २ वर्षे कार्यकालमा गर्ने कामको लागि विश्वमा रहेका सबै नेपालीको सुझाव लिएको छु”शर्माले सामाजिक कामलाई निरन्तरता दिने सहित आर्थिक मुद्दालाई अगाडि बढाउने योजना सहित अध्यक्षको उम्मेदवारीको तयारी गरेका छन् । श्रमिक र काम गर्ने वर्गको हितलाई प्राथमिकता दिएर विश्वभर बस्ने सबै नेपालीलाई अभियानमा जोड्ने तरिका सहितको योजना उम्मेदवारी घोषणा कार्यक्रममा ल्याउने तयारी शर्माको छ ।“एसिया,युरोप तथा ओसियाना क्षेत्रका गैरआवासीय अभियन्तासँग प्रत्यक्ष भेटेर अध्यक्षको रूपमा मैले गर्नुपर्ने कामको लागि सुझाव लिइसकेको छु”शर्माले भने,“अमेरिका क्षेत्रका अभियन्तासँग भेटेपछि अध्यक्षको रूपमा गर्नुपर्ने कामका लागि सबै क्षेत्रको सुझाव आउँछ । त्यो अनुसार म अगाडि बढ्छु।”शर्माले यसअघि युरोप,एसिया तथा ओसियाना क्षेत्रको भ्रमण गरिसकेका छन् । सो क्रममा शर्मालाई अभियन्ताहरुले अहिलेसम्म गैरआवासीय अभियानको नेतृत्व मध्यपूर्वले नपाएको भन्दै श्रमिकको एजेण्डा शर्माले लिएको भन्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।एनआरएनएको विश्वसम्मेलन अक्टोबरको दोस्रो साता काठमाडौंमा हुने छ । जसले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट