Techie IT
×
गृहपृष्ठग्लोबलआईसीसी उपाध्यक्ष शर्माको देश दौडाहामा तिब्रता, अनुत्पादक क्षेत्रमा खर्चभैरहेको रेमिटान्सलाई सामुहिक लगानीमा परिणत गर्ने ।

आईसीसी उपाध्यक्ष शर्माको देश दौडाहामा तिब्रता, अनुत्पादक क्षेत्रमा खर्चभैरहेको रेमिटान्सलाई सामुहिक लगानीमा परिणत गर्ने ।


सिड्नी – गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष आरके शर्माले देश दौडाहालाई तिब्रता दिने क्रममा अष्ट्रेलिया आईपुगेका छन् ।

संघको आगामी महाधिवेशन मार्फत २०२३-२०२५ कार्यकालका लागि अध्यक्ष पदमा आकांक्षी शर्माले आफ्नो अभियानलाई सफल पार्न विश्व भ्रमणलाई तिब्रता दिएका हुन ।

एनसीसी अष्ट्रेलियाको अधिवेशन तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण र पदहालीमा सहभागिता जनाउन आज अष्ट्रेलिया पुगेका शर्माले यहाँ रहँदा गैरआवासीय नेपाली संघका अभियन्ता तथा सरोकारवालासँग अभियानलाई अगाडि लैजाने विषयमा छलफल गर्ने शर्माले बताए ।

पासपोर्ट नवीकरण गर्न धेरै श्रमिक भयाका मल्टा र पर्तुगल, ईराकमा दूतावास अथवा  कन्सुलट अफिस सुचारु गर्न पहल गरिरहेका शर्माले अनुत्पादक क्षेत्रमा खर्च  भैरहेको रिमिटेंसलाई यथासक्य छीटो सामूहिक लगानी परिनत गर्न प्राधिकरण समिती गठन गर्न समेत महल गरेका छन् ।

दुई दशक लामो समय देखि मध्यपूर्वमा संघले आफ्नो अभियान विस्तार गरेपनि त्यस क्षेत्रका कामदारले नेतृत्व प्राप्त गर्न नसकेको तितो यथार्थलाई चिर्दै यस पटक आफूले नेतृत्व प्राप्त गर्ने विश्वास लिएका शर्माले अष्ट्रेलियामा रहँदा यहाँ बस्ने नेपालीहरूले देखेको सम्भावना र चुनौतीको बारेमा शर्माले छलफल गर्ने छन् ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन आगामी असोजको अन्तिम साता काठमाडौँमा हुने घोषणा भइसकेको छ । आगामी अधिवेशनमा अध्यक्ष पद सुनिश्चितता लागि शर्माले अभियन्ताहरूसँग छलफल गरिरहेका छन् ।

“एनआरएन अभियानलाई कसरी अगाडि बढाउने भन्ने विषयमा म अहिले अग्रजहरूसँग छलफलमा छु” शर्माले भने, “अग्रज तथा एनआरएन अभियानमा चासो राख्ने सबैसँगको छलफलपछि अगाडि बढ्ने हो।”

मध्यपूर्व, मलेसिया, जापान र यूरोप भ्रमण लगत्तै अष्ट्रेलिया पुगेका शर्माले भने, “यूरोप र जापानमा बस्ने गैरआवासीय अभियन्ताबाट मलाई निकै राम्रो सल्लाह र सुझाव आएको छ,” शर्माले थपे, “यो क्रममा अष्ट्रेलिया बस्ने अभियन्तासँग भेटेर उहाँहरूको महत्त्वपूर्ण सल्लाह र सुझाव लिने छु।”

विश्वभरका गैरआवासीय अभियन्ताहरूबाट प्राप्त भएको सुझावको आधारमा नेतृत्वमा अगाडि बढ्ने तयारी गरेका शर्मालाई विश्वभरका अभियन्ताहरूले अगाडि बढ्न सल्लाह र सुझाव दिएका छन् ।

एनआरएनए अष्ट्रेलिया एनसीसीहरुमा सबैभन्दा बढी पञ्जीकृत सदस्य भएको देश हो । यस आधारले अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा सबैभन्दा बढी मतदाता हुने छन् ।

जापान भ्रमणपछि शर्मा नेपाल गएर विदेशमा नेपालीहरूले भोग्नु परेको समस्याको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल सरकारका मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीलाई भेटेर विदेशमा पासपोर्ट नवीकरण सहजीकरण गर्न अनुरोध गरेका थिए ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस