गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए सह-कोषाध्यक्षमा क्यानडाबाट अभिमन्यु बस्नेतद्वारा उम्मेदवारी एनआरएनए सह-कोषाध्यक्षमा क्यानडाबाट अभिमन्यु बस्नेतद्वारा उम्मेदवारी दीप संञ्चार भदौ ९, २०८० गते २१:१० मा प्रकाशित गैरआबासीय नेपाली संघ ९एनआरएनए०को एघारौं महाधिबेशनमा संघका बर्तमान अमेरिकन रिजनका सह संयोजक अभिमन्यु बस्नेतले सहकोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।केही दिनमा आगामी कार्ययोजना सहित औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी रहेको बताउदै बस्नेतले एनआरएनएमा आफ्नो सकृयता, कृयाशिलता र निरन्तरताका लागि सहकोषाध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले उक्त पदमा यस अभियानमा आफूभन्दा सिनियर मान्छे कोही आउँदा आफूले छाडिदिने बताए ।हाल भद्रगोल अवस्थामा चलिरहेको संघको आर्थिक प्रणालीलाई बर्तमान कार्यकालमा ब्यबस्थित गर्नको लागि धेरै मेहनत गर्नुपर्ने र त्यसको लागि संघलाई आफ्नो उर्जा र इमान्दारिताले योगदान गर्नको लागि आफ्नो उम्मेद्वारि आबस्यक रहेको बस्नेतको तर्क रहेको छ ।गैर आबासीय नेपाली संघ क्यानडाको विभिन्न पदमा रहँदै आईसिसि सदस्य,विभिन्न टास्कफोर्समा रही हाल अमेरिकन क्षेत्र डिआरसीको जिम्मेवारिलाई संस्थागत मर्यादा र निष्ठापूर्वक निभाएका बस्नेतलाई संगठनका अग्रज र समकालिनहरुको पनि समर्थन रहेको छ । सबैसँग मिलेर काम गर्न सक्ने र पाएको जिम्मेवारिलाई इमान्दारिता पूर्वक सम्पन्न गर्न सक्ने ब्यक्तिका रुपमा बस्नेतले एनआरएनमा आफ्नो परिचय बनाएका छन ।नेपाललगाएत विश्वका बिभिन्न देशमा मानबीय सेवा ,अन्य कल्याणकारि काम र परोपकारी कामको लागी सधै कृयाशिल बस्नेत यो अभियानमा पनि केही दिनको लागी आउन लागेको बतौछन ।आफ्नै मेहनत र इमान्दारिताले सफल ब्यक्तिको रुपमा स्थापित भएका बस्नेत संघमा पनि पदीय जिम्मेवारिलाई संस्थाको उन्नति र प्रगतिका लागि प्रयोग गर्ने संस्कार बसाल्न अत्यन्त जरुरी भएको र त्यसका लागि कडा अनुशासन कायम गर्नु आबस्यक रहेको बताउछन ।आम प्रवासी नेपालीहरुमा एनआरएनए प्रतिको भरोसामा कमि आएको वास्तविकतालाई स्वीकारेर बिधि बिधान, आर्थिक पारदर्शिता र नेतृत्वमा इमान्दारिता कायम गर्नको लागि सह कोषाध्यक्षको जिम्मेवारि लिन चाहेको र त्यसका लागि सबै गैरआवाशिय नेपालीहरुको समर्थन रहने कुरामा आफू विश्वस्त रहेको बस्नेतले बताए । बिगतमा सुरु भएका राम्रा आर्थिक नीति र कार्यक्रमलाई संस्थागत गर्ने , आर्थिक रुपमा संस्थालाई आत्मनिर्भर र पारदर्शी बनाउने,सँस्थामा आर्थिक पारदर्शितासहित चुहावट रोक्ने लगाएतका परिवर्तनकारी योजना सहित छिट्टै औपचारिक कार्यक्रम गरि आफु अगाडी बढ़ने जनाउदै बस्नेतले आफ्नो अभियानलाई साथ दिन सबै गैरआवाशिय नेपालीलाई आग्रह गरेका छन ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल