Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनएको अध्यक्षमा कुल आचार्य झिनो मतले पराजित, कुमार पन्त बने २०१९-२१ कार्यकालका अध्यक्ष

एनआरएनएको अध्यक्षमा कुल आचार्य झिनो मतले पराजित, कुमार पन्त बने २०१९-२१ कार्यकालका अध्यक्ष


काठमाडौं, गैरआवासिय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुुल आचार्य झिनो मतले पराजित भएका छन भने आचार्यका प्रतिस्पर्धि  कुमार पन्त विजयी प्राप्त गर्दै २०१९-२०२१ कार्यकालका अध्यक्ष हुन सफल भएका छन । राजधानीको हायात होटलमा जारी संस्थाको ९ औं महाधिवेशन सङ्गै भएको निर्वाचनमा प्रतिस्पर्धी पन्त सङ्ग आचार्य १ सय ४७ मतले पराजीत भएका हुन् ।

बिहिबार सम्पन्न संघको नवौं सम्मेलन पश्चात भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बेलायतका कुल आचार्यले १०७० मत ल्याएका थिए । भने विजय प्राप्त गरेका जर्मन निवासी कुमार पन्तले १२१७ मतसहित १ सय ४७ मतले अग्रनी दिलाउदै जीत हासिल गरेका थिए ।

त्यसैगरी महासचिवमा डा. हेमराज शर्मा विजयी बनेका छन् । उनले जानकी गुरुङ्गलाई पराजीत गर्दै विजयी बनेका हुन् । त्यसैगरी कोषाध्यक्षमा महेश कुमार श्रेष्ठ विजयी बनेका छन् । उनले सुदन थापालाई पराजीत गरी विजयी बनेका हुन् ।

त्यसैगरी सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल विजयी बनेका छन् । उनले प्रतिस्पर्धी गोविन्द गौतमलाई भारी मतान्तरले पराजीत गरी विजयी भएका हुन् ।

नव निर्वाचित अध्यक्ष पन्तले आफ्नो कार्यकाल पाँचवटा मन्त्रले सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरेका छन । उनले लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगार, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका मुद्दामा आफ्नो कार्यकाल केन्द्रित गर्ने घोषणा गरेका छन ।

विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउन र एनआरएनए फाउन्डेसन विस्तार गरी सोहीमार्फत एनआरएनएको सहभागिता बढाउने प्रतिबद्धता पनि उनले जनाएका छन । पन्तले एनआरएनएले घोषणा गरेको १० अर्बको सामूहिक लगानी कोषलाई मूर्त रूप दिने घोषणा गरेका छन ।

पन्त सन् २००४ यता एनआरएनमा कुनै न कुनै भूमिकामा सक्रिय रहेका छन । २००४ मा एनआरएन जर्मनी हिस्सेनका संयोजक रहेका पन्त सन् २००९–११ को कार्यकालमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का सदस्य थिए । उक्त अवधिमा उनले यूरोप क्षेत्रको संयोजक रहेका थिए । सन् २०१३–१५ को कार्यकालमा उनि एनआरएनको महासचिव बनेका थिए । सन् २०१५ यता उनले लगातर दुई कार्यकाल एनआरएनएको उपाध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसैगरी उपाध्यक्षमा डा. बद्री केसी ११७३, अर्जुन कुमार श्रेष्ठ १०२६, मन केसी ९६१ र सोनाम लामाले ८१३ मत प्राप्त गरेका थिए भने सबै भन्दा बढी मत महिला उपाध्यक्षमा रबिना थापाले ल्याएकी छन् । उनले १२३२ मत प्राप्त गरेकी छन् । उनकी प्रतिश्प्रर्धी सपिला राज भण्डारीले ८६३ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी महासचिवमा बेलायतका डा. हेमराज शर्माले ११३९ मत ल्याएर विजयी भएका छन् भने बेल्जियमकी जानकी गुरुङले १०५३ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी सचिवमा गौरी जोशीले ९१६ र आरके शर्माले ८६८ मत ल्याएर विजयी भएका छन् । साथै सचिवका अन्य उम्मेदवार बेल्जियमका शिव कुमार बरुवालले ५७९, अष्ट्रेलियाका अभिमान सिंह बस्नेतले ४९९, बेलायतकी शुष्मा लिम्बुले ४४१, दीपक प्रसाद ओलीले २७० र विनय अधिकारीले २६८ मत प्राप्त गरेका थिए ।

त्यस्तै कोषाध्यक्षमा महेश कुमार श्रेष्ठले १६५३ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिश्प्रर्धी सुदन थापाले ५४१ मत प्राप्त गरेका थिए ।

त्यस्तै सहकोषाध्यक्षमा बेल्जियमका लोक दाहालले ११८४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिश्प्रर्धी रसियाका गोविन्द गौतमले ८५२ मत प्राप्त् गरेका छन् ।

त्यसैगरी महिला संयोजकमा अष्ट्रेलियाकी भोमा देबी लिम्बुले ७०२ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रतिश्पर्धी बेलायतकी संगीता मरहठ्ठाले ६५२, कोरियाकी जुनु गुरुङले ४०७, क्यानडाकी प्रमिला खड्का बस्नेतले ३७४ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै युवा संयोजकमा नेदरल्याण्डका हिमाल गुरुङले ७६८ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिश्प्रधी युएईका सुदीप कार्कीले ६५५ मत प्राप्त गरेका गरेका थिए भने अष्ट्रेलियाका स्वतन्त्र प्रताप शाहले ७३३ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : ग्लोबल


तपाईको प्रतिक्रिया दिनुहोस