गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए आइसिसी महासचिवका उम्मेदवार बुद्दी सुवेदीले घोषणा सभा गर्दै एनआरएनए आइसिसी महासचिवका उम्मेदवार बुद्दी सुवेदीले घोषणा सभा गर्दै दीप संञ्चार साउन २७, २०८० गते २०:४९ मा प्रकाशित गैरआवासीय नेपाली संघ(एनआरएनए)अमेरीकाका निवर्तमान अध्यक्ष बुद्धीसागर सुबेदीले आज गैरआवासीय नेपाली संघको महासचिवमा उम्मेदवारी घोषणा सभा गर्न लागेका छन ।अगष्ट १२ तारेख शनिवार नेपाली समय अनुसार बेलुकी ६ः४५ बजे जुम मार्फत घोषणा सभा आयोजना गर्न लागिएको उनले एक बिज्ञप्ती जारी गर्दै जानकारी गराएका छन ।सुबेदीले गैरआवासीय नेपाली संघ अमेरीकाको अध्यक्ष हुँदा विश्वभरका एनसिसीहरुसँग सहकार्य गर्दै उनिहरुको नेतृत्व लिएका थिए । उनकै कार्यकालमा गैरआवासीय नेपाली संघ अमेरीकाको भवन खरिद गरिएको थियो ।कोभिडको समयमा अमेरिकी सरकारबाट कोभिडका सामाग्री नेपाल पठाउन सक्रिय भुमिका खेलेका सुबेदीले सल्यानमा प्रसुति गृह निर्माणमा समेत सक्रिय भुमिका निभाएका छन । २ बर्षे कार्यकालमा विभिन्न राष्ट्रिय तथा क्षेत्रिय सम्मेलनमा भाग लिई विभिन्न क्षेत्रमा आफ्नो परिचय स्थापित गरिसकेका सुवेदी एनसिसीहरुको अधिकार र एनसीसीहरुको स्वायत्तताका विषयमा आवाज उठाउँदै आउने ब्यक्तिका रुपमा चिनिन्छन ।सुवेदीले संस्था सुधार सहित एनसीसीकै विषयलाई प्रमुख मुद्धा बनाई निर्वाचन लड्ने बताएका छन । एनसिसीहरु नै संस्थाको आधार भएका कारण आइसिसीको हस्तक्षेपकारी विधानका प्रावधानलाई परिवर्तन गर्न आफुले संस्थामा काम गर्ने सुवेदीले बताए । घोषणा सभामा विभिन्न देशका पुर्व र बर्तमान अध्यक्ष लगायत गैरआवासीय नेपालीहरुको सहभागीता रहने जनाइएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल