Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए युरोपको युवा संयोजकमा प्रकाश भण्डारीद्वारा उम्मेदवारी घोषणा

एनआरएनए युरोपको युवा संयोजकमा प्रकाश भण्डारीद्वारा उम्मेदवारी घोषणा


गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोपको युवा संयोजकमा प्रकाश भण्डारीले उम्मेदवारी घोषणा गरेका छन । माल्टास्थित सफल युवा व्यावसायी एबं समाजसेवी भण्डारीले संघको आगामी अक्टोबरमा काठमाडौमा हुने ११ औ महाधिवेशनमा सो पदमा उम्मेदवारी दिने बताएका छन ।

उनले माल्टामा गैरआवासीय नेपाली संघ ल्याउन अनवरत रुपमा खटिएर एनआरएनए माल्टा गठन गर्न ठुलो योगदान गरेका थिए । एनआरएनए माल्टामा उपाध्यक्ष भएर सफल कार्यकाल संपन्न गरेका भण्डारी हाल नेपाल माल्टा च्यारिटी एशोसिएसनको अध्यक्ष समेत रहेका छन । विगत ९ बर्षदेखी माल्टालाई कर्मथलो बनाई विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भई माल्टाबासी नेपालीहरुको हक हितको लागि सामाजिक कार्य गर्दै आएका छन ।

भण्डारीले संघको साधारण सदस्यदेखि एनआरएनए माल्टाको उपाध्यक्ष समेत भएर केन्द्रिय नेतृत्वसँग सहकार्य गरेर काम गरिसकेका छन ।
उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाउनुपर्ने जनाउदै युवाहरुलाई यस अभियानमा जोड्ने बताउछ्न ।
एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका भण्डारी सरल र मिजासिलो स्वभावका एनआरएनए अभियन्ताका रुपमा मानिन्छन । बिश्वमा सबैभन्दा ठुलो नेपाली संजालमा फैलिएको एनआरएनए लाई सँस्थागत बिकास र सँस्थाको मर्म र भावना अनुरुप ब्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपाल प्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने भण्डारीले बताए ।

उनले नेपालको समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्या लाई समाधान गर्न तत्पर रहेको बताए । प्रत्येक मुलुक बाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो सँस्था हो भन्ने बनाउन आवश्यक रहेको छ । सबैलाई समेटन अझै हामीले पहल गर्न बाकी नै रहेको हुदा यो अभियानलाई सार्थकता दिन सामुहिक नेतृत्वसहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै सबैको साथ र सहयोगका लागी भण्डारीले अपिल गरेका छन । अहिले एनआरएनको आगामी ११ औं महाधिवेशन नजिकिदै गर्दा निर्बाचनको माहौल तात्न थालेको छ । अहिले बिभिन्न देशबाट आईसिसिको आगामी अधिबेसनमा आउन चाहनेहरुले उम्मेदवारी दिने क्रम बढ्दो छ ।

एनआरएनएको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युरोप युवा संयोजक पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको भण्डारीले बताए । आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार आफुले एनआरएनए युरोप युवा संयोजकमा उम्मेदवारी दिएको भण्डारीले बताए ।

एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन युवा संयोजकमा उम्मेदवारी घोषणा गरेको भण्डारीले बताए । एनआरएन अभियानमा उदयमान तथा उर्जाशील स्वभावका भण्डारी सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा संभावना बोकेका नेताको रुपमा परिचित छन । एनआरएनए युवा संयोजकका लागि सर्बसम्मतबाट सहमति बटुल्ने कोशिष गरेका भण्डारी युरोप युवा संयोजकमा सबैको रोजाईमा पहिलो नम्बरमा रहेका छन ।

माल्टा,युरोप तथा नेपालमा सामाजिक कार्यका लागि अग्रस्थानमा रहेर कार्य गर्दै आएका रेग्मी सबै नेपालीका लागि आखाको नानी जस्तै रहदै आएका छन । एनआरएन अभियानमा भण्डारीको उपस्थितिलाई विश्वभरका नेपाली समुदायले उदाउदो ताराका रुपमा अन्तरआत्मादेखि स्वागत गरिरहेका छन । गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई युरोप संयोजकका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने क्षमता भण्डारीसँग रहेको छ ।

उनले आफुलाई साथ दिन सबै युरोपवासी नेपाली र अभियन्तालाई आग्रह गरेका छन ।
संघको आगामी महाधिवेशनको लागि बिभिन्न पदमा उम्मेदवारी घोषणा आउने क्रम जारी रहेको छ । अध्यक्ष पदमा आरके शर्मा, महेश श्रेष्ठ ,डा. बद्री केसी, रविना थापा, डा। हेम राज शर्माले उम्मेदवारी दिने घोषणा गरिसकेका छन । उपाध्यक्षमा खगेन्द्र न्यौपाने,राज रेग्मीले उम्मेदवारी दिएका छन । महासचिवमा गौरीराज जोशी,बुद्दी सुवेदी,गंगाधर गौतम,पारसमणि सुवेदीले उम्मेदवारी घोषणा गरेका छन ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस