Techie IT
×
गृहपृष्ठग्लोबलअमेरिकाएनआरएन अमेरीकाका निर्वतमान अध्यक्ष बुद्धि सागर सुवेदीद्वारा आईसीसी महासचिवमा उम्मेदवारी

एनआरएन अमेरीकाका निर्वतमान अध्यक्ष बुद्धि सागर सुवेदीद्वारा आईसीसी महासचिवमा उम्मेदवारी


एनआरएन आइसीसीको आगामी अक्टोवरमा हुने निर्वाचनमा अमेरीकका निर्वतमान अध्यक्ष बुद्धि सागर सुवेदीले महासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

अमेरीकमा सफल ब्यावसायीका रुपमा परिचित सुवेदी अमेरीकी नेपाली समुदायका परिचित समाजसेवी पनि हुन । अमेरीका आउनु पूर्व उनले त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसमा ब्यवस्थापन विषय प्रध्यापन गर्दथे । करिव २० वर्ष देखि अमेरीकालाई कर्म थलो बनाएका सुवेदी सफल ब्यवसायीका साथै कर्मठ समाजसेवी पनि हुन । उनले आफ्नो २० वर्षे प्रवासको बसाईका क्रममा आफ्नो ब्यवसाय भन्दा नेपाली समुदायका लागी बढि प्राथमिकता दिदै समाज सेवा गर्दै आएका छन् ।

एनआरएन अमेरीकाको अभियानमा समाहित हुदै सुवेदीले समाजिक सेवालाई अगाडि बढाउदै आएका छन् । यस क्रममा उनी एनआरएन विसकान्सिकन च्यापटरका संस्थापक अध्यक्ष को जिम्मेवारी लिदै एनआरएन अभियानमा लागेका थिए । एक कार्यकाल विसकान्सिन च्यापटरका अध्यक्षको सफल जिम्मेवारी सम्पन्न गरे पछि उनी एनआरएन एनसीसी अमेरीकाको उपाध्यक्ष भए ।

त्यसपछि कार्यकाल २०२१—२०२३ मा अमेरीकाको अध्यक्ष भै कार्य सम्पादन गरे। उनी अव एनआरएन आइसीसीको महासचिवका प्रयाशी बनेका छन् । उनको उमेदवारी किन भन्ने प्रश्नमा सुवेदी भन्छन्, “समाज सेवा मेरो धर्म हो । मैले मेरो क्षमता अमेरीकी नेपाली विच प्रस्तुत गरि सकेको छु । अव एक पटक एनआरएन आइसीसीको जिम्मेवार पदमा रहेर विश्वभर रहेका नेपालीको हक, हित, र अधिकारको क्षेत्रमा आफ्नो अनुभवलाई जिम्मेवारी मा बदल्न आफ्नो उमेदवारी रहेको बताउछन् ।” उनी थप्दछन्, “मेरो पछिल्लो कार्यकालमा विश्वका ८६ एनसीसीले गर्न नसकेको काम मैले मेरो कार्यकालमा पुरा गरे ।

अमेरीकी एनआरएन एनसीसीको आफ्नै भवन खरिद गर्ने कार्य मेरो कार्यकालमा सम्पन्न भयो । यो कार्य ले अव बाकी ८५ एनसीसीलाई नयाँ जिम्मेवारी थपि दिएको छ । म महासचिव हुदै गर्दा मैले बाकी सवै ८५ एनसीसीको आफ्नै भवन बनाउन सहयोग गर्ने जिम्मेवारी बुनेको छु ।”

सुवेदी अहिले अमेरीकी नेपालीहरु विच सफल ब्यवसायीहरु मा औलामा गन्न सकिने मध्येका एक हुन । उनका बारेका उनलाई नजिक बाट चिन्ने हरु भन्छन् । “बुद्धि सधै आफ्नो भन्दा आफ्नो समुदायको अधिकार र विकासको बारेमा सोच्ने ब्याक्ति हुन् । सुवेदी सधै नेपाली डायस्पोराको सुखको साथी र दुखको सारथी बन्न चहाने ब्याक्ति हो ।

उनी सामाज सेवा त यसै पनि गर्दछन् । सफल ब्यावसायी भएको ले उनले विश्वभरका नेपालीको लागी आर्थिक सहयोग समेत गर्न सक्ने क्षमता राख्दछन् ।” उनी लाई चिन्ने अर्को ब्याक्ति बताउछन्, “ब्यावसायिक रुपमा सफल बुद्धि सागर सुवेदिको एनआरएन आइसीसीको महासचिवको उमेदवारी विश्वभर प्रवासमा रहेका नेपालीहरुको लागी सुखद हो ।”

बुद्धि सागर सुवेदी अमेरीका एनसीसीका सफल अध्यक्ष मध्येका एक हुन । विश्वकै ठूलो एनसीसी अमेरीकाका अध्यक्ष भइ सकेका सुवेदीको आइसीसीको महासचिवको उमेदवारी विश्वभर चर्चा पाउने निश्चित छ । सुवेदी भन्छन्, “विश्वभरका साथीहरुले एनआरएन अभियानमा मेरो भूमिकालाई नजिक बाट नियाल्यनु भएको छ । मलाई लाग्दछ मेरो उमेदवारी निर्विकल्प छ। सवै एनआरएन साथीहरुले मलाई निर्विरोध यो जिम्मेवारी सुम्पिनु हुन्छ भन्ने म विश्वस्त छु । तथापी प्रजातान्त्रक प्रणालीमा निर्णय निर्वाचनले गर्ने गर्दछ । यदी अरु साथीहरु पनि प्रत्याशी बन्नु भए पनि म प्रतिस्र्पाधात्मक निर्वाचनका लागी पनि तयार छु । तर विस्वस्त छु, मलाई साथिहरुले भारी मतको बोझ बोकाई जिम्मेवारी दिनु नै हुनेछ ।”

बुद्धि सागर सुवेदीको उमेदवारीले विश्वभरका एनआरएन विच एक नयाँ उमगंको बहार ल्याएको छ। उनी समाज सेवामा अनवरत रुपमा लाग्नु नेपाली डायस्पोराका लागी निकै महत्वपूर्ण रहने छ । सवै भन्दा महत्वपूर्ण कुरा सुवेदीका पारिवारीक सदस्यहरु नै उनलाई एनआरएन अभियान मार्फत आफ्नो डायस्पोराको लागी काम गर्न प्ररित गर्दछन् ।

अन्तमा सुवेदी भन्दछन्, “मलाई मेरो परिवार नै एनआरएन अभियानमा सक्रिय रहन उत्प्रेरण गर्दछ । उनीहरुको उत्प्रेरण नै एनआरएन अभियनको मेरो प्रेरक हो ।” उनी महासचिवको जिम्मेवारी वहन गर्दै गर्दा एनआरएन लाई सस्थागत गर्ने तथा विश्वका सम्पूर्ण एनसीसीलाई स्वयत्त बाउने योजना रहेको पनि बताए ।

“एनआरएन आइसीसीको काम एनसीसीलाई सहजिकिकरण गर्ने हो । एनसीसी माथी नियन्त्रण होइन ।” तसर्थ हरेक एनसीसीको स्वयत्तताको लागी पनि आफ्नो उमेदवारी रहेको सुवेदी वताउछन् ।


क्याटेगोरी : ग्लोबल, अमेरिका
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस