Techie IT
×
गृहपृष्ठग्लोबलमध्यपूर्व संयोजकमा गुरुङ र उप-संयोजकमा गोर्खाली र अर्याल निर्विराेध निर्वाचित

मध्यपूर्व संयोजकमा गुरुङ र उप-संयोजकमा गोर्खाली र अर्याल निर्विराेध निर्वाचित


काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ  नेतृत्वका लागि होटल हायात रेेजेन्सिमा आज निर्वाचन  हुँदैछ ।

समग्रमा निकै प्रतिस्पर्धात्मक चुनाव रहेपनि एनआरएनए मध्यपूर्वको संयोजकमा सहमति जुटिसकेको छ । संयोजकमा प्रविण गुरुङ र मनोज श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी दिए पनि आज उनीहरुबीच सहमति भएसँगै संयोजक र उपसंयोजक दुबै निर्विरोध चयन भएका हुन् ।

तर अध्यक्षका प्रत्यासी एवं वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले भने गैरआवासीय नेपाली संघको नेतृत्वका समूह नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

यो सँगै गुरुङ एनआरएनए मध्यपूर्व संयोजक बनेका छन् भने उपसंयोजकमा गोर्खाली र जोन अर्याल निर्विरोध चयन भएका छन् ।

यस अघि गोर्खालीले संयोजकमा गुरुङलाई सघाउने निर्णय गर्दै संयोजकबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

निर्वाचन समितिले तोकेको समयसिमाभित्र मध्यपूर्व संयोजक र उपसंयोजकमा तीन जना बाहेक अन्य कसैको पनि दावि विरोध नभएपछि गुरुङ, गोर्खाली र अर्याल निर्विरोध चयन भएका हुन् ।

निर्विरोध चयन भएका गुरुङले सहमतिका साथ अगाडि बढ्दा एकातिर उम्मेदवार र सदस्यहरुमा समेत ‘पोजेटिभ म्यासेज’ जाने र अर्कोतिर काम गर्न पनि सहज हुने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित संयोजक गुरुङले दीप संचार मिडियासँग कुरा गर्दै मध्यपूर्वक्षेत्रमा व्यवसायीक एकतासँगै हितकारी योजनाहरु लिएर आउने प्रतिक्रिया दिए । उनले मध्यपूर्वक्षेत्रमा बढ्दै गएको ब्लड मनी, कैद जीवन विताइरहेका जस्ता अनेकौं जटिल समस्यालाई हल गर्न नेपाल सरकार, सम्बन्धित देश र दूताबासमार्फत पहल गरी समस्याको समाधान गर्न पनि अफू क्रियाशिल भएर लाग्ने प्रतिवद्धता जनाए ।

आपसी सम्झौता पछि निर्बिरोध निर्वाचित पछि निकै उत्साहित देखिएका मनोज गोर्खालीले सामाजिक सुरक्षा सहितको रोजगारीको व्यवस्थाको लागि पहल गर्ने कुरा दीप संचारलाई बताए । बाँकी अन्य पदमा भने निर्वाचन हुने भएको छ ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस