Techie IT
×
गृहपृष्ठग्लोबलगल्फद टनेल तथा स्मार्ट ज्वेलरीद्वारा नेपाली राजदूतावासलाई भित्री विरुवाहरु हस्तान्तरण (फोटो फिचर सहित)

द टनेल तथा स्मार्ट ज्वेलरीद्वारा नेपाली राजदूतावासलाई भित्री विरुवाहरु हस्तान्तरण (फोटो फिचर सहित)


दोहा – नेपाली व्यवसायीहरु द्धारा सञ्चालित कतारको प्रतिष्ठित क्लब द टनेल लाउन्ज एण्ड बार तथा स्मार्ट ज्वेलरीले नेपाली राजदूतावास कतारलाई एक औपचारीक कार्यक्रमका विच विहिबार भित्री विरुवाहरु प्रदान गरेको छ ।

नेप्लीज एक्सपर्टिज कम्यूनिटीको समन्वयमा दूतावासमा स्थापना गरिएको पुस्कालाय व्यवस्थापन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमका विच राजदूतावासलाई हरित बनाउने उद्देश्यले उक्त विरुवाहरु दूतावासमा हस्तान्तरण गरिएको हो ।

कम्यूनिटीका संयोजक अम्बिका पौडेलको सभापतित्व तथा नियोग प्रमुख डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व उपाध्यक्ष सागर नेपाल, द टनेलका संचालक रमेश के.सी., कार्ड्स कतारका अध्यक्ष कृष्ण पन्थि, द टनेलका व्यवस्थापक सुरज शर्मा अधिकारी, व्यवसायी आशिष तिवारी  लगायतको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजिकरण गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सचिव दिपजंग शाह ठकुरीले गरेका थिए ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस