Techie IT
×
गृहपृष्ठग्लोबलदीपक थापा मगरलाई अध्यक्ष चयन गर्दै आदिवासी जनजाती युवा महासंघ युएईको अधिवेशन सम्पन्न

दीपक थापा मगरलाई अध्यक्ष चयन गर्दै आदिवासी जनजाती युवा महासंघ युएईको अधिवेशन सम्पन्न


आदिवासी जनजाती युवा महासंघ युएईको दोश्रो अधिवेशन दिपक थापा मगरलाई अध्यक्षमा सर्वसम्मत रुपले चयन गर्दै सम्पन्न भएको छ । मगर दोश्रो पटक पुनः अध्यक्षमा चयन भएका हुन ।

नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिजया लक्ष्मी राई को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तेज पुलामी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यो तीन वर्षे कार्यकालमा दुई लाख अन्ठाउन्न हजार नौ रुपैयाँ बराबरको विभिन्न ८ वटा शिर्षकमा आर्थिक सहयोग गरेका जानकारी दिए  ।

डिबि लुङ्गेली मगरको संयोजकत्वमा गठित चार सदस्यीय निर्वाचन समितिले २०२३-२०२६ तीन वर्षे कार्यकालको लागि २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसमा कार्यकारी अध्यक्षमा गोपाल श्रेष्ठ, उपाध्यक्षहरुमा क्रमशः पाल्देन थिङ तामाङ, अजय राई, सिर्जना लावती   रहेका छन्  ।

यसैगरी महासचिवमा सबिन मोक्तान, सचीवमा मनिषा सुब्बा, प्रवक्तामा सन्दिप राना मगर, सह-सचिवमा भक्त गुरुङ, कोषाध्यक्षमा आलिया श्रेष्ठ, सह कोषाध्यक्षमा मिलन लामा, जन सम्पर्क सचिवमा मकर मोक्तान, खेलकुद तथा  सांस्कृतिक विभाग  प्रमुखमा कुल थापा मगर, खेलकुद तथा  सांस्कृतिक बिभाग उप-प्रमुखमा मनिस लोप्चन, महिला विभाग प्रमुखमा रन्जिता स्याङ्तान तामाङ चयन हुनु भएको छ भने सदस्यहरुमा क्रमशः पासाङ शेर्पा, विश्व मोक्तान, नारायण तमाङ, मिना श्रेष्ठ, बसन्ती तामाङ, उषा ब्लोन तमाङ, सिर्जना माझी, सन्तोष  थलाङ चयन  भएका छन्  ।

सोहि कार्यक्रममा सल्लाहकार समिती समेत चयन गरिएको थियो ।  प्रमुख सल्लाहकारमा सुरेन्द्र गुर्मछान मगर  भएका  छन्  भने सल्लाहकारहरुमा क्रमशः राम मोक्तान, डि. बि लुङ्गेली मगर, बिष्णु गुरुङ, तेज थापा मगर, फलेन्द्र मगर रहनु भएको छ । युएई को दुबई स्थित सिल्भर स्पुन नेपाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा आदिवासी जनजाति महासंघ युएईमा आबद्ध संघ संस्था प्रमुखहरू, नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएईका अध्यक्ष फलेन्द्र बलम्पाकी मगर र विभिन्न संघ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि बिजया लक्ष्मी राईले आफ्नो मन्तव्य राख्ने क्रममा महिलाहरुले पनि अवसर पाए देश हाँक्न सक्ने बताउदै महिला सहभागितामा जोडदिनु भयो । शुभकामना मन्तव्यका क्रममा  विशेष अतिथि नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तानले अहिलेका युवावर्गले शिक्षा क्षेत्रमा क्रान्ति गर्नुपर्नेमा जोड दिएका थिए ।

यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष फलेन्द्र मगरले हरेक देशको युवा वर्ग नै देशको मेरुदण्ड भएको र हरेक ठुला ठुला परिवर्तनहरु युवाहरू कै सक्रियतामा आएको जिकिर गर्दै युवाहरुले उचित अवसर पाउनु पर्ने बताए । अधिवेशन आयोजक समितिका संयोजक सन्दीप राना मगरले स्वागत मन्तव्य राख्ने क्रममा आदिवासी जनजाति हरु को पहिचान झल्काउने भेषभुषा, भाषा र लिपि लोप हुदै गएकोमा दुख व्यक्त गरे ।

कार्यक्रममा ४० वर्षे उमेर हदबन्दी पार गरेका केही सदस्यहरु लाई मायाको चिनो र सम्मान -पत्र प्रदान गर्दै बिदाई गरिएको थियो । आदिवासी जनजातिका युवाहरूलाई एकै सुत्रधारमा बाँधेर पहिचानका मुद्दाहरू लाई संस्थागत गर्दै लैजाने उदेश्य का साथ २०२० फेब्रुअरी १४ मा विधिवत रूपमा युएईमा स्थापना भै विभिन्न गतिविधि गर्दै आएको छ ।


क्याटेगोरी : ग्लोबल


तपाईको प्रतिक्रिया दिनुहोस