गृहपृष्ठ ∕ ग्लोबल ∕ स्मार्ट होलिडेजको अध्यक्षमा एनआरएनए सचिव खगेन्द्र न्यौपाने,पर्यटन क्षेत्रको विकाशबिना देश विकाश संभव छैन : न्यौपाने स्मार्ट होलिडेजको अध्यक्षमा एनआरएनए सचिव खगेन्द्र न्यौपाने,पर्यटन क्षेत्रको विकाशबिना देश विकाश संभव छैन : न्यौपाने दीप संञ्चार फागुन ११, २०७९ गते १३:४३ मा प्रकाशित काठमाडौं।गैर आवासीय नेपाली संघ एनआरएनए सचिव खगेन्द्र न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा प्रवेश गरेका छन ।न्यौपाने नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रमा अग्रणी भुमिकामा रही व्यवसाय गर्दै आइरहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा।लि।को अध्यक्ष भएर यस क्षेत्रमा आवद्ध भएका हुन ।दुबै कम्पनीको ३३ प्रतिशत शेयर खरिद गरेका न्यौपाने विकास हाइड्रो पावर लिमिटेडका अध्यक्ष,एटी ग्रुप अफ कम्पनी मलेसियाका निर्देशक,भिनोलिभा रेस्टुरेन्टको अध्यक्ष लगाएत पदमा रहेर ब्यावसायिक क्षेत्रमा प्रवेश गरेका छन । लामो समयदेखि विभिन्न व्यवसायमा आवद्ध न्यौपाने एनआरएनए मलेशियाका पुर्व अध्यक्ष हुन ।न्यापानेले ट्राभल क्षेत्रमा भएको अन्योलता तथा कोभिड महामारीबाट थलिएको क्षेत्रलाई उकास्न आफ्नो लगानी यस क्षेत्रमा रहेको बताए । काठमाडौं हात्तिसारमा कार्यालय रहेको स्मार्ट होलिडेज प्रा।लि। र ग्रिनल्याण्ड होलिडेज प्रा।लि। लामो समयदेखि सञ्चालकद्वय बालकृष्ण खड्का र इश्वर सापकोटाले सञ्चालन गर्दै आएका थिए ।नेपाल बाहिर र नेपालमा समेत धेरै क्षेत्रको व्यवसायमा सफल रहेका न्यौपानेको साथ र सहयोगले ट्राभल तथा टुर्सको क्षेत्रमा थप प्रगती गर्ने ऊद्देश्यले न्यौपानलाई प्रवेश गराइएको संस्थाका सञ्चालक इश्वर सापकोटाले जनाए । कम्पनीको सामुहीक कारोबार यहि फ्रेबुअरी १५, २०२३ देखि सञ्चालन हुने साथै खगेन्द्र न्यौपानेले सञ्चालन गर्दै आइरहेको मलेशिया स्थित एटी ट्राभल्ससमेत सोही मितिदेखि स्मार्ट होलिडेज मार्फत सञ्चालनमा आउने जानकारी कम्पनीका सञ्चालक बालकृष्ण खड्काले बताए ।देश विकाशको आधार भनेको पर्यटन क्षेत्र र हाईड्रो नै भएकाले आफुले यस क्षेत्रमा लगानी गरेको जनाउदै एनआरएनए सचिव एबं सफल ब्यावसायी न्यौपानेले नेपालको ट्राभल एण्ड टुर्स क्षेत्रको विकाशको लागी आफुले यस क्षेत्रमा लगानी गरेको बताए ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप