Techie IT
×
गृहपृष्ठग्लोबलगल्फथारु कल्याणकारी सभा युएईले माघी पर्व मनाउदै

थारु कल्याणकारी सभा युएईले माघी पर्व मनाउदै


प्रवासमा रहेर पनि आफ्नो मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले थारु कल्याणकारी सभा युएईले माघी ” ९औं वार्षिक भेला तथा खिचरी महोत्सव”का रुपमा माघी पर्व तथा थारु नयाँ वर्ष २६४६ विविध सांस्कृतिक कार्यक्रमका साथा मनाउने भएको छ ।

आगामी १५ जनवरिका दिन क्लब एभरेस्ट, अष्टोरिया होटल, वर दुबई को हलमा सम्पन्न हुने उक्त कार्यक्रममा थारु कल्याणकारी सभा केन्द्रिय समितिका महामन्त्री प्रेमि लाल चौधरीको प्रमुख आथित्य रहनेछ । यसगरी कार्यक्रममा थारु समुदायकि चर्चित गायिका समिक्षा चौधरीको विषेश प्रस्तुती रहने छ भने साथमा स्थानीय कलाकारहरू समेत प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

थारु समुदायले मनाउने मौलिक सांस्कृतिक पर्वलाई स्थान अनुसार तिला सकरा, माघी, खिचरा, खिचरी, माघया सक्रांती आदि भन्ने गरिन्छ । माघ १ गते देखि दिन लामो र रात छोटो हुन थाल्छ जसले गर्दा थारूहरूले यसलाई घामको जन्म दिनको रूपमा लिने र बिहानै पवित्र नदि खोलामा स्नान गरि घामको अर्थात सुर्यको पुजा आजा गर्ने गर्छन । साथै यो दिन तिलको लड्डु खाएर शुभकामना आदानप्रदान गरि नयाँ वर्षको रुपमा मनाउने चलन छ ।

विवाह गरेर पराई घर गएका चेलीवेटी तथा ईश्टमित्र विचको सम्बन्ध सुमधुर पार्ने चाडको रूपमा समेत थारू समुदायले यो चाडलाई मनाउने गर्छन । माघी पर्वलाई थारू समुदायले नयाँ आर्थिक वर्षको रूपमा पनि लिने गर्छन। पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ । यहि बेला आफ्नो टोल, गाउॅंमा अग्वा चुन्ने, गरढुर्या चुन्ने, चौकिदार चुन्ने, केसौका, देशबन्ध्या, घरगुर्वा चुन्ने र उचित मानिस लाई उचित जिम्मेवारी दिएर पदको बांडफांट गर्ने गरिन्छ । त्यसै गरि यसै समयमा आफ्नो समुदायमा न्याय तथा मेलमिलापका कार्य गर्ने ।

जस्तै महटावां, भलमन्सा वा बरघरको आंगनमा ख्याल कार्यक्रम राखेर, गाउॅंटोल, छरछिमेकमा कसलाई अन्याय परेको छ । कसको झगडा को सँग र के कारणले पर्यो त्यसको कारण पत्ता लगाएर पिर मर्कामा परेको मानिसलाई न्याय दिने र दोषीको भागिदारलाई सामुहिक स्थलमा गल्ति गरेको कार्यलाई प्रायश्चित गरी माफी माग्न लगाउने चलन रहेको छ ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #माघी पर्व

तपाईको प्रतिक्रिया दिनुहोस