गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ एनआरएनए प्रवक्ता सोम सापकोटा बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त एनआरएनए प्रवक्ता सोम सापकोटा बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त दीप संञ्चार पुस २२, २०७९ गते १७:१५ मा प्रकाशित काठमाडौ। लामो समयदेखी गैर आवासीय नेपाली संघसँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एबं एनआरएनए अभियन्ता सोम सापकोटा बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेसडरका नियुक्त भएका छन ।नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहंदै आएका सापकोटाले पर्यटन बिधामा खेलेको अहम भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले चार बर्षका लागि बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको छ । सापकोटालाई नेपाल सरकार मन्त्रीस्तरिय निर्णय अनुसार सरकारले यो निर्णय गरेको हो ।शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहबीच सापकोटालाई पर्यटन सचिब सुरेश अधिकारीले नियुक्ति पत्र हस्तान्तरण गरेका थिएव। नियुक्ति पत्र हस्तान्तरण गर्दै सचिब अधिकारीले लामो समयदेखी पर्यटन क्षेत्रमा लागि पर्दै आएका सापकोटालाई नेपाल सरकारले यो क्षेत्र झनै बिस्तार र बलियो हुने बिस्वास ब्यक्त गरेर नै बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको बताए । नियुक्ती पत्र प्राप्त गरेपछी सापकोटाले राज्यले आफू माथि बिस्वास गरेर दिएको जिम्मेवारीलाई मूलुकको हित र प्रबासी नेपालीहरूको साथ लिंदै सजकताका साथ निभाउने प्रतिबद्धता ब्यक्त गरे ।सन २००७ देखी सन २००९ सम्म एनआरएनएको पर्यटन प्रबद्दन कमिटीको सदस्य भएर काम गरेका सापकोटाले सन २०१३ देखी सन २०१५ सम्म यसै कमिटीको उप संयोजक बने भने सन २०१६ देखी सन २०१८ सम्म डेनमार्कका लागि नेपाली टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधि भएर काम गरे । यसैगरी सापकोटा सन २०१९ देखी २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डबाट मानार्थ जन प्रतिनिधिको रूपमा नियुक्त भए । टुरिजम क्षेत्रमा बिशेष दखल राख्ने र यो बिधामा पोख्त प्रबासी नेपालीको पहिचान बनाएका सापकोटा हाल एनआरएनएको प्रबक्ता एबं पर्यटन प्रर्बधन समितिका संयोजक समेत रहेका छन ।महाभूकम्पका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई लयमा ल्याउन युरोप लगायतका मूलुकमा एनआरएनएको साथमा सापकोटाले गरेका कामको यतिबेला नेपाल सरकार र सम्बन्धित निकायले खुलेर तारिफ गर्ने गरेका छन । बिदेशमा ‘बुद्द नेपाल’जस्तो गरिमामय क्याम्पेन गरेर नेपालको टुरिजम क्षेत्रलाई प्रचार प्रसार गर्ने मामिलामा अहोरात्र खटिएका सापकोटालाई यसअघि पनि पटक पटक नेपाल सरकार र टुरिजम बोर्डले उचित सम्मान गर्दै आइरहेको छ । सापकोटाले नेपालको टुरिजम क्षेत्रलाई दिएको योगदानको कदर गर्दै नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त गरेको जनाइएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै