गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था दीप संञ्चार पुस १९, २०७९ गते २२:३८ मा प्रकाशित वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिएको देशहरुमध्य कतार पनि एक हो । भौगोलिक हिसावले सानो देश भएपनि करिब साढे ३ लाख नेपालीहरुले रोजगारी तथा व्यवसाय गरिरहेका छन हाल कतारमा । नेपाली श्रमिकहरूको बाहुल्यता रहेको कतारको प्रत्यक गल्ली गल्ली र चोक चोकमा नेपालीहरु भेट्न सकिन्छ । कतारमा केही नेपालीहरु उच्च पदमा रोजगारीमा रहेका छन भने धेरै नेपाली न्यून कार्यमा रोजगारीमा रहेका छन । कामदार मात्रै नभएर नेपालीको संख्या बढेसंगै ब्यापार ब्यावसाय गर्ने नेपालीहरु थपिने क्रम पनि बढेको छ कतारमा । यसै क्रममा नयाँ बर्षका दिनदेखी थप नेपाली व्यवसाय पनि थपिएको छ ।नयाँ बर्ष २०२३ को जनवरि १ तारेखको अवसर पारेर कतारमा रहेका नेपाली ब्यवसायीहरु पुर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले कतारको अल सादमा रहेको अल अस्मख मलमा लेडिज सैलुन हेरमोसा ब्युटी सेन्टरको सुरुवात गरेका छन ।अल अस्मख मलको बेसमेन्टमा रहेको हेरमोसा ब्युटी सेन्टरमा मेकअप र सुन्दरतासँग जोडिएका सबै कार्य गरिनेसंचालकहरुले बताएका छन । यसरी ठुलो लगानिमा कतारको मलमा नेपालीहरुबाट खोलिएको यो पहिलो ब्युटी ब्यावसाय रहेको छ । कतारी नागरिक अली मुबारक र संचालकद्वयले रिवन काटेर समुदघाटन गरी सन्चालनमा ल्याईएको उक्त पार्लर लेडिज पार्लर रहेको संचालक पोखरियाले बताए । गैरआवासीय नेपाली संघ एनआरएनएका आईसिसि सदस्य,नेपाली ब्याबसायी संघ कतारका सचिव,अन्तरास्ट्रिय नेपाली युवा उद्दमी महासंघ मध्यपुर्वका अध्यक्ष पोखरिया कतारका सफल ब्यावसायी मानिन्छन । कतारको अल अस्मख मलमा सैलुन हरमोसा ब्युटी सेन्टरको सुरुवातीपछि संचालक पोखरियाले उपस्थित सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै उदघाटनको अवसरमा ४०५ छुटको ब्यवस्था रहेकाले उपस्थितिको लागी आग्रह गरे ।उदघाटनको अवसरमा नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो । लमजुंग जिल्लामा जन्मिएका पुर्ण पोखरिया र गोर्खा जिल्ला स्थायि घर भएका राकेश श्रेस्ठले सञ्चालनमा ल्याएको उक्त ब्याबसायको उदघाटन कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा रिवन काटेर र केक काटेर उदघाटन गरे लगत्तै अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारवैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेछन,श्रमिकको मुद्दा…दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकनएनआरएनए ओमानमा बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति , मध्यपुर्वका नेताहरुको…कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेछन,श्रमिकको मुद्दा संबोधन भयो : अध्यक्ष कुल आचार्य सरकार विस्तारबारे सत्ता गठबन्धनले थप छलफल गर्ने, मन्त्रालय भागबण्डा मिलाउन बाँकी विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन- प्रधानमन्त्री दाहाल प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु