गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था दीप संञ्चार पुस १९, २०७९ गते २२:३८ मा प्रकाशित वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिएको देशहरुमध्य कतार पनि एक हो । भौगोलिक हिसावले सानो देश भएपनि करिब साढे ३ लाख नेपालीहरुले रोजगारी तथा व्यवसाय गरिरहेका छन हाल कतारमा । नेपाली श्रमिकहरूको बाहुल्यता रहेको कतारको प्रत्यक गल्ली गल्ली र चोक चोकमा नेपालीहरु भेट्न सकिन्छ । कतारमा केही नेपालीहरु उच्च पदमा रोजगारीमा रहेका छन भने धेरै नेपाली न्यून कार्यमा रोजगारीमा रहेका छन । कामदार मात्रै नभएर नेपालीको संख्या बढेसंगै ब्यापार ब्यावसाय गर्ने नेपालीहरु थपिने क्रम पनि बढेको छ कतारमा । यसै क्रममा नयाँ बर्षका दिनदेखी थप नेपाली व्यवसाय पनि थपिएको छ ।नयाँ बर्ष २०२३ को जनवरि १ तारेखको अवसर पारेर कतारमा रहेका नेपाली ब्यवसायीहरु पुर्ण बहादुर पोखरिया र राकेश श्रेष्ठले कतारको अल सादमा रहेको अल अस्मख मलमा लेडिज सैलुन हेरमोसा ब्युटी सेन्टरको सुरुवात गरेका छन ।अल अस्मख मलको बेसमेन्टमा रहेको हेरमोसा ब्युटी सेन्टरमा मेकअप र सुन्दरतासँग जोडिएका सबै कार्य गरिनेसंचालकहरुले बताएका छन । यसरी ठुलो लगानिमा कतारको मलमा नेपालीहरुबाट खोलिएको यो पहिलो ब्युटी ब्यावसाय रहेको छ । कतारी नागरिक अली मुबारक र संचालकद्वयले रिवन काटेर समुदघाटन गरी सन्चालनमा ल्याईएको उक्त पार्लर लेडिज पार्लर रहेको संचालक पोखरियाले बताए । गैरआवासीय नेपाली संघ एनआरएनएका आईसिसि सदस्य,नेपाली ब्याबसायी संघ कतारका सचिव,अन्तरास्ट्रिय नेपाली युवा उद्दमी महासंघ मध्यपुर्वका अध्यक्ष पोखरिया कतारका सफल ब्यावसायी मानिन्छन । कतारको अल अस्मख मलमा सैलुन हरमोसा ब्युटी सेन्टरको सुरुवातीपछि संचालक पोखरियाले उपस्थित सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै उदघाटनको अवसरमा ४०५ छुटको ब्यवस्था रहेकाले उपस्थितिको लागी आग्रह गरे ।उदघाटनको अवसरमा नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो । लमजुंग जिल्लामा जन्मिएका पुर्ण पोखरिया र गोर्खा जिल्ला स्थायि घर भएका राकेश श्रेस्ठले सञ्चालनमा ल्याएको उक्त ब्याबसायको उदघाटन कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा रिवन काटेर र केक काटेर उदघाटन गरे लगत्तै अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल