Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनएद्धारा आप्रवासी नीति तथा कानून प्रभावकारी कार्यान्वयन गर्न सरकारसमक्ष माग

एनआरएनएद्धारा आप्रवासी नीति तथा कानून प्रभावकारी कार्यान्वयन गर्न सरकारसमक्ष माग


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आप्रवासी नीति तथा कानून प्रभावकारी कार्यान्वयन गर्न सरकार समक्ष माग गरेको छ ।

संघले शनिवार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्न सकोस् र सरकारका कानून तथा नीतिको प्रभावकारी कार्यान्वयन होस् भन्ने शुभकामना दिएको छ ।

संघकी कार्यकारी अध्यक्ष रविना थापाद्धारा जारी विज्ञप्तिमा आग्रवारी समस्या र चुनौतीहरुलाई सामाना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

विज्ञप्तिको पूर्णपाठ

विश्व व्यापीकरणका कारण एक देशबाट अर्को देशमा जानेको संख्या पनि बढ्दो क्रममा छ । रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रूपमा आप्रवासन भनिन्छ । रोजगारीका लागि, द्वन्द्वका कारण शरणार्थी बनेका र अन्य विविध कारणले अर्को मुलुकमा जाने गरिएको पाइन्छ । आप्रवासीहरु जुन देशमा पुगेको छन्, त्यही देशको कानुनअनुसारको सेवा–सुविधा पाउनु भन्ने विश्वव्यापी मान्यता हो ।
सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । ‘प्रवासी र शरणार्थीहरुसँग भविष्य निर्माण’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाईदैछ । यस वर्षको दिवसलाई नेपालमा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान ः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नाराका साथमा मनाउन लागिएको छ ।
नेपाल सरकारको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६५र६६ देखि ०७८र७९ सम्ममा करिब ६० लाख युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन् । उनीहरुले पठाएको रेमिट्यान्स्ले नेपालको अर्थतन्त्र धानेको छ । तर त्यही वैदेशिक रोजगारीकै क्रममा हालसम्म १० हजार ९ सय ३२ जनाले मृत्युवरण गरेका छन् भने २ हजार १ सय २५ जना गम्भीर विरामी छन् ।
वैदेशिक रोजगारी र आप्रवासनमा देखा परेका यी समस्या न्यूनिकरणका लागि संघ सदैव सचेत र जिम्मेवार छ । भर्खरै संघले सरकारस“ग वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सरकारसंग समझदारीमा हस्ताक्षर गरेको छ । सो समझदारी अनुसार हाल कार्यविधि समेत आइसकेको छ । श्रम बैंकको स्थापना, रेमिटन्यासलाई उत्पादनमुलक क्षेत्रमा लगाउने, तथा सीप सिकाई, समुदायस्तरमा जनचेतना र गन्तव्य मुलुकको भाषा, कानून लगायतका सबै पक्षलाई श्रमिकको पहुँचमा ल्याउन नेपाल सरकार र सरोकारवालासंग संघले सहकार्य गर्दै आएको छ ।
आप्रवासनमा गएका र विविध कारण अवैधानिक रुपमा विदेशमा बसोबास गर्ने नेपाली श्रमिकको संख्या उल्लेख्य रहेकोले संघले ति कामदारलाई स्वदेश फिर्ता ल्याउनेदेखि स्वदेशमा आइसकेपछि पनि पुर्नएकिकरण गर्दै स्वरोजगार बनाउन विभिन्न योजनाहरु अघि सारेको छ । ती योजना कार्यान्वयनका लागि संघले नेपाल सरकारसहित सरोकारवाला निकायस“ग सहकार्य गरिरहेको छ । यसैगरी, कयौं नेपालीहरुले युरोप – अमेरिका छिर्ने नाममा गैरकानूनी रुपमा गलत बाटो हुँदै अन्तर्राष्ट्रिय सीमा पार गर्ने क्रममा ज्यान गुमाएको तितो सत्य पनि हामी सामु छ । रोजगारीमा ठगी, बाध्यकारी श्रम, शोषण, यातना तथा महिलामाथि हुने हिंसादेखि मानव तस्करी जस्ता समस्या थप विकराल बन्दै गएका छन् ।
प्रभावकारी उजुरी संयन्त्रको अभाव, आवश्यक सूचना नदिइने, तालिम सञ्चालनमा लापरबाही र स्वास्थ्य परीक्षण सम्बद्ध समस्या, अनुगमनको अभाव लगायतका समस्या पनि आप्रवासी नेपाली कामदारले झेलिरहेका छन् । यस्तै समस्या र चुनौतीहरुलाई सामाना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य गर्दै कानूनी तथा नीतिगत सुधारको माग गर्दै आएको छ ।
यसका साथै, संघले विश्वभर छरिएका नेपालीहरुको सहयोग उद्धारको लागि अन्तर्राष्ट्रिय आप्रवासी सम्बन्धी संस्थाहरुसँग सहकार्य गर्दै आएको छ । आगामी दिनमा समेत संघ आप्रवासीका चुनौतीहरुलाई चिर्नको लागि सम्बन्धित पक्षसंग सहकार्य गर्दै हातेमालो गरेर अघि बढ्न चाहन्छ ।
अन्त्यमा, संघ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्न सकोस् र सरकारका कानून तथा नीतिको प्रभावकारी कार्यान्वयन होस् भन्ने शुभकामना व्यक्त गर्दछ ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस