Techie IT
×
गृहपृष्ठग्लोबलनेपाली व्यवसायी संघ कतारको सल्लाहकारमा प्रो. रमजान अलिमिया र इन्जिनियर भट्टराई मनोनीत

नेपाली व्यवसायी संघ कतारको सल्लाहकारमा प्रो. रमजान अलिमिया र इन्जिनियर भट्टराई मनोनीत


कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुको साझा संस्था नेपाली ब्यवसायी संघ कतारले दुई सल्लाहकारलाई मनोनीत गरेको छ । संघको शनिबार बसेको बैठकले संघको कानुनी सल्लाहकारमा प्रो. रमजान अलिमिया र सल्लाहकारमा इन्जिनियर अर्जुन भट्टराईलाई मनोनित गरेको हो ।

कतारमा कानुनीरूपमा दर्ता भएको ब्यवसायी संघले आफ्नो गतिविधिलाई थप प्रभाबकारी बनाउन कतारमा राम्रो अनुभव भएकालाई सल्लाहकारमा मनोनीत गरेको संघका अध्यक्ष महेन्द्र चौलागाईंले बताए ।

संघले भर्खरै नेपाल सरकारसँग त्रीपक्षीय सम्झौता गरेर नेपाल र कतारबीचको सम्बन्ध बिस्तार गर्ने र संघका सदस्यलाई बिमानस्थलमा सहजीकरण गर्ने वातावरण बनाएको छ । यसलाई उल्लेखनीय कार्यको रुपमा हेरिएको छ ।

‘कतारको नेपाली समुदाय र कतारमा योगदान दिनु भएकालाई सल्लाहकार मनोनीत गर्दा संघलाई आवश्यक सल्लाह र सुझाव प्राप्त हुनेछ भन्ने अपेक्षा लिएका छौ’ अध्यक्ष चौलागाईंले बताए ।

बैठकमा भर्खरै नेपाल सरकारसँग भएको सम्झौताका बिषयमा आफ्ना सदस्यलाई जानकारी गराएको र भावी कार्यक्रमका बारे छलफल भएको महासचिव रमेश भट्टले जानकारी दिए । भट्टले अब संघले बृहत योजना बनाएर अघी बढ्ने बताए ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #नेपाली व्यवसायी संघ कतार

तपाईको प्रतिक्रिया दिनुहोस