Techie IT
×
गृहपृष्ठखेलकुदकतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडर विजयी

कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडर विजयी


दोहा – फुटबलको महाकुम्भ फिफा विश्वकपमा इक्वेडरले विजयी सुरुआत गरेको छ।

अलखोर स्थिती अल बायत स्टेडियममा भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले विजयी सुरुआत गरेको हो।

इक्वेडरको जितमा कप्तान इनर भ्यालेन्सियाले दुई गोल गरे ।पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध इक्वेडरले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको १६ औं र ३२ औं मिनेटमा भ्यालेन्सियाले गोल गरेका थिए ।

यो जितसँगै समूह ‘ए’ मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ ।

आयोजक कतारले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।

कतारले विश्वकपका लागि विभिन्न ८ स्टेडियम तयार पारेको छ।यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।सहभागी ३२  राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यसअघि भएको उद्घघाटन समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल-कुबाइसीले प्रस्तुति दिएका थिए । प्रस्तुतिमा विश्वकपमा सहभागी ३२ राष्ट्रको संस्कृति, विगतका आयोजक राष्ट्र र प्रतियोगिताका स्वयंसेवकको प्रतिनिधित्व सहितको प्रस्तुति देखाइएको थियो ।
विश्वकपमा समावेश सबै मस्कट पनि समारोहमा देखाइएको थियो।

समारोहको अन्त्यमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मन्तव्य दिँदै उद्घाटन घोषणा गरेका थिए ।


क्याटेगोरी : खेलकुद, ग्लोबल
ट्याग : #Breakig, #FIFA 2022, #hot

तपाईको प्रतिक्रिया दिनुहोस