गृहपृष्ठ ∕ खेलकुद ∕ कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडर विजयी कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडर विजयी शारदा भुजेल मंसीर ५, २०७९ गते ४:२७ मा प्रकाशित दोहा – फुटबलको महाकुम्भ फिफा विश्वकपमा इक्वेडरले विजयी सुरुआत गरेको छ।अलखोर स्थिती अल बायत स्टेडियममा भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले विजयी सुरुआत गरेको हो।इक्वेडरको जितमा कप्तान इनर भ्यालेन्सियाले दुई गोल गरे ।पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध इक्वेडरले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको १६ औं र ३२ औं मिनेटमा भ्यालेन्सियाले गोल गरेका थिए ।यो जितसँगै समूह ‘ए’ मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ ।आयोजक कतारले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।कतारले विश्वकपका लागि विभिन्न ८ स्टेडियम तयार पारेको छ।यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।यसअघि भएको उद्घघाटन समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल-कुबाइसीले प्रस्तुति दिएका थिए । प्रस्तुतिमा विश्वकपमा सहभागी ३२ राष्ट्रको संस्कृति, विगतका आयोजक राष्ट्र र प्रतियोगिताका स्वयंसेवकको प्रतिनिधित्व सहितको प्रस्तुति देखाइएको थियो ।विश्वकपमा समावेश सबै मस्कट पनि समारोहमा देखाइएको थियो।समारोहको अन्त्यमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मन्तव्य दिँदै उद्घाटन घोषणा गरेका थिए ।क्याटेगोरी : खेलकुद, ग्लोबलट्याग : #Breakig, #FIFA 2022, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न