Techie IT
×
गृहपृष्ठग्लोबलअन्यएनआरएनएको लेखा परिक्षण प्रतिवेदन सार्वजनिक, वार्षिक आम्दानी १६ करोड १५ लाख (पूर्णपाठ)

एनआरएनएको लेखा परिक्षण प्रतिवेदन सार्वजनिक, वार्षिक आम्दानी १६ करोड १५ लाख (पूर्णपाठ)


गैर आवासीय नेपाली संघले आर्थिक वर्ष २०७८÷०७९ मा १६ करोड १५ लाख २४ हजार ८३३ रुपैयाँ आम्दानी गरेको छ ।

संघले निर्वाचन नोमिनेसन शुल्कबाट ४ करोड ५५ लाख ५९ हजार ४९ रुपैयाँ आम्दानी गरेको छ भने कार्यालय भाडाबाट १ करोड ८८ लाख ३७ हजार २४५ रुपैयाँ ७६ पैसा, विभिन्न डोनेशन तथा स्पोन्सर र एनआरएन बैठकलगायतका विभिन्न शीर्षकबाट गरि सो आम्दानी भएको लेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ ।

यस्तो छ आम्दानी विवरण

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा १७ करोड २९ लाख २ हजार ८ सय ९६ रुपैयाँ ३४ पैसा खर्च भएको छ । संघले प्रशासनीक खर्च तर्फ ९२ लाख ९१ हजार ७०३ रुपैयाँ १४ पैसा, लाप्राक नमूना प्राजेक्टमा ८८ लाख २४ हजार ७९६ रुपैयाँ ७९ पैसा, १० औं विश्व सम्मेलनमा १ करोड ३३ लाख ३६ हजार २३८ रुपैयाँ २७ पैसा, वैदेशिक रोजगार कोषका लागि १० लाख ७१ हजार ८८१ रुपैयाँ, ब्लड बैंक बसकका लागि ५९ लाख ५९ हजार ९ सय ६७ रुपैयाँ ५० पैसा खर्च गरेको हो ।

कुन शीर्षकमा कति खर्च ?

त्यस्तै, वैदेशिक लगानी सम्बन्धी सेमीनारमा २५ लाख ७७ हजार ८४० रुपैयाँ ८९ पैसा, कोभिड १९ राहत तथा उद्दारका लागि ४ करोड ९२ लाख २० हजार ३०१ रुपैयाँ २९ पैसा, द सिंगर आइडलका लागि ७० हजार ५ सय १० रुपैयाँ, साहित्य पुरुस्कारका लागि ३ लाख ५६ हजार ३२२ रुपैयाँ ५२ पैसा, आइएलओ प्राजेक्टतर्फ ४ करोड २४ लाख ८४ हजार ४५८ रुपैयाँ ७४ पैसा खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा जनाइएअनुसार अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा संस्थाले २३ करोड ७ लाख ५७ हजार ५९ रुपैयाँ ६५ पैसा आम्दानी गरेको थियो भने १६ करोड ८० लाख ८१ हजार ९ सय ३४ रुपैयाँ १२ पैसा खर्च भएको थियो ।

प्रतिवेदनमा असार मसान्तसम्म बैंक अफ काठमाडौं, माछापुच्छ बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी बैंक, प्रभु बैंक, सानीमा बैंक, सिद्धार्थ बैंक र नगद् गरि १० करोड ९० लाख ५३ हजार ३ सय ५४ रुपैयाँ ३१ पैसा रहेको उल्लेख छ ।

कुन बैंकमा कति छ रकम ?

लेखा परिक्षण एसआर पाण्डे एण्ड को-चाटर्ड एकाउन्टेन्ट कम्पनीका सुदर्शन राज पाण्डेले गर्नु भएको हो । प्रतिवेदनमा लेखा परिक्षक पाण्डेसहित संस्थाका अध्यक्षहरु कुल आचार्च, रविना थापा, डा. बद्री केसी, कोषाध्यक्षहरु सुनील साह, फडिन्द्र पन्त, लोक प्रसाद दाहाल, कार्यकारी अधिृकत रवि किरण अधिकारी र लेखा प्रमुख रविना महर्जनको हस्ताक्षर छ ।

प्रतिवेदन एनआरएनएको गत अक्टोवर १० मा भएको एनआरएनएको वार्षिक साधारणसभाले सर्वसम्मत पारित गर्दै अनुमोदन समेत गरिसकेको छ ।

यस्तो छ लेखा परिक्षण प्रतिवेदन

https://www.janasawal.com/wp-content/uploads/2022/11/audit-Report-vol-12.pdf


क्याटेगोरी : आर्थिक, ग्लोबल, अन्य, गल्फ
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस