Techie IT
×
गृहपृष्ठग्लोबलगल्फमुख्यमन्त्री त्रिलोचन भट्ट र एनआरएनएका कार्यकारी अध्यक्ष रविना थापाबीच भेट

मुख्यमन्त्री त्रिलोचन भट्ट र एनआरएनएका कार्यकारी अध्यक्ष रविना थापाबीच भेट


गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापा र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच सुदुर पश्चिमको धनगढीमा भेटघाट भएको छ ।

 

थापासंगको भेटमा मुख्यमन्त्री भट्टले सुदुरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउनु भयो । उहाँले गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न आफु इच्छुक रहेको बताउनु भयो ।

 

हिजो विहिवार धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनहरु इच्छुक रहेको बताउनु भयो ।

यसैबीच, अध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसंग समेत भेटघाट गर्नु भएको छ । भेटमा जोशीले गैरआवासीय नेपाली संघले नेपालको प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति रहेको थियो ।

कमैया मुक्त बालवालिकासंग एनआरएनए कार्यकारी अध्यक्ष थापा

गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापाले धनगढीमा रहेका कमौया मुक्त बालबालिका समस्याका बारेमा छलफल गर्नु भयो । साथै कार्यकारी अध्यक्षले कन्चनपुरमा रहेको जनभावना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसंग भेटघाट गरेकी हुन् । भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा बिभिन्न समस्या रहेको बताउनु भयो । उहाँले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिनुभयो ।

विहिवार भएको विद्यालय भ्रमणको क्रममा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघले मुख्य रुपमा शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखेर गतिविधि संचालन गरेको बताउनुभयो । थापाले आगामी दिन बालबालिकाको शिक्षाको लागि आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाउनु भयो ।

डोटीका भुकम्पबाट पिडितलाई एनआरएनएले ५ लाख सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएन) ले डोटीमा भुकम्पबाट पिडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तरर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउंपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् । २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पुर्ण क्षति भएका छन् ।

गैरआवासीय नेपाली संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

 


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #NRNA, #रविना थापा

तपाईको प्रतिक्रिया दिनुहोस