Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारकतार सरकारद्धारा विश्वकप आयोजनाको अवधिभर दर्शकको सहजताका लागि हाया कार्ड वितरण, के हो हाया कार्ड ?

कतार सरकारद्धारा विश्वकप आयोजनाको अवधिभर दर्शकको सहजताका लागि हाया कार्ड वितरण, के हो हाया कार्ड ?


कतार सरकारले विश्वकप आयोजनाकाे अवधिभर विश्वका खेलप्रेमी दर्शकहरूलाइृ कतार प्रवेशमा सजिलाे हाेस भनेर भिसाकाे रूपमा हाया कार्ड वितरण गरेकाे छ । हाया कार्ड विश्वकप फुटवल प्रतियाेगिता अवधिभरकाे लागि भिसा जस्तै प्रवेस पास हाे तर, याे वर्क परमिट भने हाेइन । हाया कार्डले जिसिसका ६ वटा राज्यमा विश्प्रवकप प्रतियाेगिता चल्ने समयमा प्रवेश पाइन्छ ।

के हो हाया कार्ड ?

· विश्वकप फुटवल आयोजना हुने समयावधिभर कतार प्रवेशको लागि चाहिले कार्ड नै हाया कार्ड हो ।

· हाया कार्ड नै विश्वकप फुटवल आयोजना हुने समयावधिभरको लागि कतार प्रवेशाज्ञापत्र वा भिसा हो ।

· जस-जसले विश्वकप फुटवल हेर्न कतार जानको लागि टिकट लिनुभएको छ वा लिने तयारी गर्दै हुनुहुन्छ अवश्यपनि हाया कार्डको लागि आवेदन दिनुहोला ।

· अन्तर्राष्ट्रिय फुटवल फ्यानहरूले विश्वकप फुटवल हेर्न टिकट मात्रै लिएर हुदैन कतार प्रवेशाज्ञापत्र (हाया कार्ड) पनि साथैमा बोक्नुपर्ने हुन्छ ।

· हाया कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । डिजिटल हाया कार्ड बनाउंन विदेशी फुटवल फ्यानहरूले बस्ने व्यवस्था अथवा होटलको कन्फरमेशन गर्नुपर्ने हुन्छ ।

· हाया कार्ड भएपछि कतार प्रवेश र विश्वकप फुटवल आयोजना भैरहेका रंगशालामा प्रवेश सजिलै पाइन्छ ।

· हाया कार्ड अनलाइनबाट आवेदन दिन तपाइंले https://hayya.qatar2022.qa/web/hayya / Qatar2022.qa मा भिजिट गर्न सक्नुहुनेछ भने मोबाइलमा Haya to Qatar 2022 एप डाउनलोड गरेर एप मार्फत आवेदन दिन पनि सक्नुहुनेछ । यो एप एप्पल ( IOS), एन्ड्रोइड तथा हुवावेका सबै मोबाइल फोनमा उपलब्ध छ ।

· हाया कार्ड कतार सरकारद्वारा संचालित प्रवेश प्रकृया हो । हाया कार्ड सम्बन्धि कुनै पनि प्रकृयामा फिफा उत्तरदायी हुनेछैन ।

· हाया सम्बन्धि कुनै पनि जानकारी चाहिएमा info@haya.qa मा log in गरेर बुझ्न सक्नुहुनेछ भने ८००.२०२२ (कतार) वा अन्तर्राष्ट्रिय नम्बर (+९७४) ४४४१.२०२२ मा कल गरेर पनि बुझ्न सक्नुहुनेछ ।

· अन्य कुनै पनि जानकारी चाहिएमा वा विश्वकप फुटवल प्रतियोगिताको टिकट लिएर बसोवासको व्यवस्था मिलाउंन enquries@book.qatar2022.qa मा log in गरेर बुझ्न सक्नुहुनेछ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, ग्लोबल
ट्याग : #breaking, #कतार विश्वकप

तपाईको प्रतिक्रिया दिनुहोस