Techie IT
×
गृहपृष्ठग्लोबलगल्फनेपाली टिकटक समाज कतारद्वारा बृहत् संस्कृतिक कार्यक्रम सप्पन्न

नेपाली टिकटक समाज कतारद्वारा बृहत् संस्कृतिक कार्यक्रम सप्पन्न


दोहा – नेपाली टिकटक समाज कतारको आयोजनामा गत शुक्रबार भव्य अनि सभ्य रुपमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाकी अध्यक्ष लक्ष्मी दर्नालको सभापतित्व तथा गैर अवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्य एव विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि कलाकार , पत्रकारको उपस्थितिमा दोहाको नज्मास्थित सालिमार होटेलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय कलाकार, काठमाडौँ ब्यान्ड (इसान समाजका दाजुभाइ दिदीबहिनीहरुसँग देउसि भैलो), क्यु एन डान्स (सांस्कृतिक नाच) लगायतका विभिन्न स्थानीय कलाकारहरुले आ-आफ्नो प्रस्तुति देखाएर मनोरंजन दिएका थिए ‌। कार्यक्रममा नेपालीहरूको महान पर्व तिहार नेपाल सम्बत, छठ पर्व र बलिहाङ्ग तमाङ पर्वको अवसरमा अनाथ बालबालिकाहरूको सहयोगार्थ आयोजित शुभकामना आदानप्रदान कार्यक्रम समेत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मुसलमानले टिकटक समाज अन्य समाज सरह आफ्नो पहिचान बनाउँदै गएको बताउँदै हामीहरु कुन देशमा बसोबास गर्दै आएका छौं सोही देशको कानुनलाई सम्मान गर्दै टिकटक बनाउन समेत आग्रह गरेका थिए ।

टिकटटकरहरुले कोरोनाको समयमा नेपालमा अक्सिजन पठाउनु सँगै समाजमा बसेर विभिन्न सामाजिक काम गर्नतर्फ यस संस्थाले पहिला समूह नबन्दै पनि एकअर्कामा मिलेर सामाजिक काम गर्दै आएको नेपालको लागि कतारको समुदायसँग मिलेर ठूलो धनराशि सहयोग गरेको नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मियाले बताए ।

जब एउटा टिकटकको नामबाट समाज गठन नहुँदा सहर्ष समाजले स्वीकार्छ भने त्यो समाजलाई समूहको रुपमा स्विकार्न हामीले कन्जुशाई गर्नुहुँदैन दिल खोलेर उसलाई स्वीकार्नु पर्ने पनि उनले बताएका थिए ।

प्रवासी नेपाली मन्च कतारका उपाध्यक्ष अफसर अली खान, बुद्धिजीवी एवं समाजसेवी मनिस यादब,बुद्धिजीवी एवं समाजसेवी रमजान अली नेपाली जन-सम्पर्क समिति कतारका अध्यक्ष अजिज अली लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए।

संस्थालाई स्थापनाकालदेखि नै साथ दिने अनि कार्यक्रमलाई भव्य अनि सभ्य बनाउन मद्दत गर्ने यस स्पोन्सर दीपक बस्नेत/ एञ्जिला कार्की बस्नेत मिराकि बिउटि सलोन, भेटघाट रेस्टुरेन्ट,गोलडेन स्टोन एसियाना दोहोरी एन्ड गजल, गरिमा फेसन एन्ड बुटिक, द टनेल, डानियल जाहन, दिपा लामा , सहयोगी सबैलाई सम्मान एव प्रसंशा प्रमाणपत्र द्वारा खादा ओढाएर सम्मान गरिएको थियो ।

सन्स्थापक संरक्षक दिपक बस्नेत, महिला उपाध्यक्ष एन्जिला कार्कि, संरक्षक राम रणपहेलि, सल्लाहाकार गणेश थापालाई सस्थामा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रमलाई समापन् गर्दै संस्थाकी अध्यक्ष दर्नालले कार्यक्रम पश्चात उठेको केही रकम अनाथ बालबालिकाहरूको सहयोगको लागि नेपाल पठाइने जानकारी दिइन् । दिपावली र छठ पर्वको शुभकामना दिदै नयाँ संस्था भएको कारणले सुरुवाती समयमा भएका केही कमीकमजोरीलाई आगामी दिनमा पन्छाउँदै समाजमा सामाजिक काम गर्ने तर्फ हाम्रो नेपाली टिकटक समाज अघि बढ्ने बताइन ।


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #कतार, #नेपाली टिकटक समाज कतार

तपाईको प्रतिक्रिया दिनुहोस