गृहपृष्ठ ∕ ग्लोबल ∕ गैरआवासीय नेपाली संघको महिला संयोजकमा प्रमिला बस्नेतको उम्मेद्वारी घोषणा गैरआवासीय नेपाली संघको महिला संयोजकमा प्रमिला बस्नेतको उम्मेद्वारी घोषणा नवराज विक असोज ८, २०७६ गते २२:२८ मा प्रकाशित दोहा, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ बिश्व सम्मेलनको सरगर्मी बढेको छ । यतिखेर विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहे सगै एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएकी क्यानडा निवासी प्रमिला बस्नेत आशन्न महाधिवेशनमा महिला संयोजकमा उम्मेद्बारी दिने घोषणा गरेकी छन् ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको स्थापना सगै सकृय रहदै आएकी बस्नेत महिला संयोजक हुदै आइसीसी सदस्यमा समेत काम गरिसकेकी छिन् । बस्नेतले क्यानडामा नेपाली समुदायको मन्दिर स्थापना देखि हरेक नेपालीको समस्या समाधानमा सक्रिय हुदै आइरहेकी छिन ।नेपालमा भक्तपुर जिल्लामा जन्मिएकी बस्नेतले नेपालमा रहदा समेत विभिन्न सामाजिक संघसस्थामा रहेर काम गर्दै समाज सेवा प्रतिको लगाब लाई निरन्तरता दिदै अहिले पनि महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।गैरआवासिय नेपाली संघको अभियानमा महिलाहरुको सहभागीता बढाउदै स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली महिलाहरुको सामाजिक स्तर वृद्धि गर्दै संस्थागत विकास र गतिशील बनाउदै जानू पर्नेमा जोड दिने बताएकी छन् ।बस्नेतले युरोप अमेरिका लगायत खाडी देशहरुमा कार्यरत महिलाहरुको समस्या पहिचान गर्दै समाधानमा जोड दिने बताउदै बिशेषत महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियान सञ्चालन गरि महिला स्वरोजगारको अभियान चलाउन आफू लागी पर्ने बताएकी छन् । उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघ मार्फत प्रबासमा बस्ने महिलाहरुको श्रम सीप र क्षमता लाई नेपालको समुन्नतिको अभियान अगाडी बढाउनमा जोड दिएकी छिन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप