गृहपृष्ठ ∕ ग्लोबल ∕ गैरआवासीय नेपाली संघको महिला संयोजकमा प्रमिला बस्नेतको उम्मेद्वारी घोषणा गैरआवासीय नेपाली संघको महिला संयोजकमा प्रमिला बस्नेतको उम्मेद्वारी घोषणा नवराज विक असोज ८, २०७६ गते २२:२८ मा प्रकाशित दोहा, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नबौ बिश्व सम्मेलनको सरगर्मी बढेको छ । यतिखेर विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहे सगै एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएकी क्यानडा निवासी प्रमिला बस्नेत आशन्न महाधिवेशनमा महिला संयोजकमा उम्मेद्बारी दिने घोषणा गरेकी छन् ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको स्थापना सगै सकृय रहदै आएकी बस्नेत महिला संयोजक हुदै आइसीसी सदस्यमा समेत काम गरिसकेकी छिन् । बस्नेतले क्यानडामा नेपाली समुदायको मन्दिर स्थापना देखि हरेक नेपालीको समस्या समाधानमा सक्रिय हुदै आइरहेकी छिन ।नेपालमा भक्तपुर जिल्लामा जन्मिएकी बस्नेतले नेपालमा रहदा समेत विभिन्न सामाजिक संघसस्थामा रहेर काम गर्दै समाज सेवा प्रतिको लगाब लाई निरन्तरता दिदै अहिले पनि महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।गैरआवासिय नेपाली संघको अभियानमा महिलाहरुको सहभागीता बढाउदै स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली महिलाहरुको सामाजिक स्तर वृद्धि गर्दै संस्थागत विकास र गतिशील बनाउदै जानू पर्नेमा जोड दिने बताएकी छन् ।बस्नेतले युरोप अमेरिका लगायत खाडी देशहरुमा कार्यरत महिलाहरुको समस्या पहिचान गर्दै समाधानमा जोड दिने बताउदै बिशेषत महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियान सञ्चालन गरि महिला स्वरोजगारको अभियान चलाउन आफू लागी पर्ने बताएकी छन् । उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघ मार्फत प्रबासमा बस्ने महिलाहरुको श्रम सीप र क्षमता लाई नेपालको समुन्नतिको अभियान अगाडी बढाउनमा जोड दिएकी छिन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिमअसन्तुष्ट ठूलो समुहका विचार नसमेटी बलजफ्ति अधिवेशन गरे संघमा दुर्घटना…गैरआवासीय नेपाली संघको आसन्न विशेष महाधिवेशन रोक्न माग, अदालतसम्म जाने…कार्किलाई अध्यक्ष चयन गर्दै झापाली समाज युएईको तेश्रो अधिवेशन सम्पन्न धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ५पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ६कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ७आज माघे सङ्क्रान्ति मनाइँदै ८सरकारलाई काम गर्न नदिएर घेराबन्दी गरियो—नेकपाका केन्द्रीय सदस्य शान्ता चौधरी ताजा अपडेट लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम असन्तुष्ट ठूलो समुहका विचार नसमेटी बलजफ्ति अधिवेशन गरे संघमा दुर्घटना हुनेछ विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत