Techie IT
×
गृहपृष्ठग्लोबलअन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको अध्यक्षमा अजमत अली

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको अध्यक्षमा अजमत अली


दोहा, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको प्रथम अधिवेशनबाट अजमत अली अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन।

१४ अक्टोबर २०२२ शुक्रबार दोहा स्थित क्राउन प्लाजाको सभाहलमा  भएको प्रथम अधिवेशनबाट अजमत अलीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति  सर्बसम्मतले चयन गरेको छ l

कार्यबाहक अध्यक्ष अब्दुल करिम मियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि संबैधानिक मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारि रहेका थिए। त्यसैगरी विशिष्ट अतिथि कतारका लागी नेपाली राजदुत डा. नरेश बिक्रम ढकाल,विशेष अतिथि संस्थापक अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, संस्थापक  करिम बक्स मियाँ, संस्थापक मोहम्मद अजिज अलि ,साकिर अलि, एन आर एन ए आई सी सी तथा एनसी सी का पधाधिकारी हरु साथै   दोहामा स्थापित सामजिक , बैचारिक संस्थाका प्रतिनिधिहरु,पत्रकार बुद्धिजिबी, व्यवसायी लगायत मुस्लिम तथा गैर मुस्लिम दाजुभाई दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो l

धर्मगुरु मौलाना  बाट मुस्लिम धर्मको पवित्र धर्म ग्रन्थ कुरान बाचन गरि सुरु गरिएको कार्यक्रममा स्वागत मन्तब्य अख़्तर हुसैन गद्दीले राखेका थिए भने कार्यक्रमको सहजीकरण अजमत अलिले गरेका थिए l

सर्बसम्मतले चयन भएको कार्यसमिति  यसप्रकार रहेको छ

अध्यक्ष अजमत अली (स्याङ्जा),
उपाध्यक्ष-अख़्तर हुसैन गद्दी (कपिलवस्तु)

उपाध्यक्ष-रहमत हुसैन (धनुषा)

उपाध्यक्ष-ईशा अली(सिराहा)

उपाध्यक्ष-अब्दुल रहमान (सुनसरी)

महिला उपाध्यक्ष-आमीना खान (काठमाण्डौ)

महिला उपाध्यक्ष-सनोबर जहाँ (कपिलवस्तु)

महासचिव-अकबाल मियाँ (बागलुङ्ग)

सचिव-जासीम मियाँ (तनहुँ)

सचिव-हनीफ साहीन (सिराहा)

कोषाध्यक्ष-फुरकान अली (सर्लाही)

सह कोषाध्यक्ष -मौलाना नज़ीर मिया(प्युठान)

संयोजक -महबूब आलम (कपिलबस्तु)

महिला संयोजकमा – हाजेरा ख़ातून (मकवानपुर)

नूर मोहम्मद खान (स्याङ्गजा)

ज्याहूल हक मियाँ (तनहुँ)

रेहान खान (गोरखा)

मोहम्मद हसमत अली (सिराहा)

आशिम अन्सारी(मकवानपुर)

रहमत अली (स्याङ्गजा)

मजीबुल राईन,खदिजा खातुन (तनहुँ)

तैयब मियाँ,हबीब राईन

मुस्ताक अन्सारी

 


क्याटेगोरी : ग्लोबल
ट्याग : #अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार

तपाईको प्रतिक्रिया दिनुहोस