Techie IT
×
गृहपृष्ठग्लोबलकतारमा चार जिल्ला संस्थाको संयुक्त शुभकामना कार्यक्रम भव्यताका साथ सप्पन्न

कतारमा चार जिल्ला संस्थाको संयुक्त शुभकामना कार्यक्रम भव्यताका साथ सप्पन्न


दोहा,अक्टोबर १५। प्रवासी भुमी कतारमा स्थापित चार जिल्ला संस्थाहरूले संयुक्त रुपमा  शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेका छन।

नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा ‘प्रवासी जिल्लावासीहरूको आवाज़,सभ्य समाज निर्माणको प्रयास’ भन्ने मुलनाराकासाथ वाग्मती प्रदेशसँग आवद्ध कतारमा स्थापित चारवटा जिल्ला संस्थाहरु रामेछाप सेवा समाज कतार, काभ्रेपलान्चोक सेवा समाज कतार,नुवाकोट सेवा समाज कतार र दोलखा सेवा समाज कतारको संयुक्त आयोजनामा शुक्रबार कतारको दोहा स्थित नज्मामा रहेको शालीमार रेष्टुरेन्टको सभाहलमा  संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको छl

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका  प्रथम  उपाध्यक्ष जैबी राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वागमती प्रदेश सम्बद्ध कतारमा स्थापित चार जिल्ला संस्थाहरुका प्रमुखहरु, पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कलाकार,बाल कलाकार,पत्रकार,व्यवसायी,रामेछाप सेवा समाज कतारका महासचिव नरबहादुर घिसिङ,नेपाली समुदाय का  बुद्धिजीवी सागर नेपाल,कलाकार संयोजक तथा रामेछाप सेवा समाज कतार विशेष सल्लाहकार साम सुनुवार,कार्यक्रम संयोजक तथा रामेछाप सेवा समाज कतार अध्यक्ष ललित कुमार तामाङ, कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थितिमा  भव्य रुपमा कार्यक्रम भएको थियो।

कार्यक्रममा बिशेष गरि सांस्कृतिक प्रस्तुति रहेको थियो।चारै जिल्ला संस्थाका कलाकारहरु लगायत अन्य कलाकारहरुका नृत्य, गीत कमेडी लगायत दमदार प्रस्तुति राख्नुका साथै  संयुक्त शुभकामना आदान-प्रदान, प्रमाणपत्र वितरण कार्यक्रम समेत गरिएको थियो।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #कतार

तपाईको प्रतिक्रिया दिनुहोस