Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए आईसिसी महिला संयोजकमा जुनु गुरुङको उम्मेदवारी घोषणा

एनआरएनए आईसिसी महिला संयोजकमा जुनु गुरुङको उम्मेदवारी घोषणा


दोहा, गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदको नवौं महाधिवेशनको संघारमा आई पुदा उम्मेदवारी दिनेहरुको लहर निकै बढेको छ । यसै क्रममा कोरियालाई आफ्नो कर्मभुमि बनाएर लामो समय सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै प्रवासमा रहेका नेपाली समुदायहरुको हक हित र अधिकारको लागि सकृय जुनु गुरुङले पनि गैर आवासीय नेपाली संघ, अन्तराष्टिय समन्वय परिषद् (एनआरएनए आईसिसी)को आगामी २०१९-२०२१ कार्यकालको महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन ।


एसिया प्याशिफिक महिला फोरम संयोजक समेत रहेकी गुरुङ आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको एनआरएनए आईसिसीको नवौं विश्व सम्मेलनबाट आफू महिला संयोजकमा चयन हुनेमा विश्वस्त छिन् । विशेष गरी एशियाली मुलुकहरु र मध्यपूर्वका खाडि मुलुकहरुमा रहेका महिलाहरुले भोग्ने सबैखाले समस्यासंग नजिक रहेर काम गरीरहेकी गुरुङले सामाजिक रुपमा छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । साथै कुनै पनि नेपालीहरुको समस्या भएको जानकारी पाउने वित्तिकै निकै सकृयरुपमा सहयोग गर्ने कोमल मनकी धनि गुरुङको यहि मनकारी भावनानै यस पटकको जितको कडि बन्नेछ ।

बिशेष समाजसेवा गरे बापत दक्षिण कोरिया सरकार द्वारा प्रदान गरिने मानार्थ नागरिकको उच्च सम्मानले पुरस्कृत हुने पहिलो नेपाली महिलाका रुपमा परिचित गुरुङले महिलाहरूको साझा संस्थाको संस्थापक अध्यक्षमा पनि सफल कार्यकाल सम्पन्न गरि गरिसकेकि छिन् ।

गुरुङ आदिवासी जनजाति लगायत दर्जनौं सामाजिक संघ सस्थाहरूमा समेत क्रियाशील गुरुङको मध्यपूर्वमा रहेका खाडि मुलुक र एसियाली मुलुकहरुमा रोजगारीका क्रममा मालिकहरु लगायतबाट बलात्कृत भई जन्मिएका बच्चाहरुको नेपालमा उचित व्यवस्थापन गर्ने योजना रहेको छ । समाजसेवी, व्यवसायी एवं गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए एसिया प्याशिफिक महिला फोरम संयोजक गुरुङ सदैब असफल, असाहय, पिडा र समस्यामा सेवा गर्न तल्लिन रहन्छिन् ।

यूरोप तथा विकशित देशमा यो भन्दा पहिला पनि हाम्रो महिला संयोजक तथा महिला व्यक्तित्वहरु संयोजक भैसकेको र आफूले एशिया प्यासिफिक कन्फरेन्स हगंकङ र म्यानमारमा महिला कार्यक्रम भब्यताका साथ सम्पन्न गरिसकेकोले गल्फ, एसिया लगाएतका थुप्रै समस्याहरु नियाल्न पाएको हुँदा त्यसलाई समाधान गर्नका लागि पनि आफु नेतृत्वमा हुनुपर्ने दाबी गर्ने गुरुङ महिला र व्यवसायी दुबै भएकोले महिला दिदी बहिनीहरुको समस्यासँग धेरै नजिकबाट परिचित रहेको बताउछिन ।

अझै सम्म पनि यो पुरूष प्रधान विश्वले महिलाहरुलाई दोश्रो दर्जाकै नागरिकको रूपमा व्यवहार गर्दै महिलाको आवाजलाई दबाइएको, विश्वभरि रहनुभएका नेपाली दिदीबहिनीहरू घरेलु हिङ्साको सिकार हुनुपरेको, बलात्कृत हुनुपरेको, कुनै उपाय नलागेर आत्महत्या समेत गर्नु परेको लगायत सम्पुर्ण समस्याहरू समाधानको माध्यम बनी सम्पूर्ण पिडित दिदीबहिनीहरुको आवाज बन्न चाहना राखेकी गुरुङ आफ्नो उम्मेदवारी सम्पूर्ण महिलाहरूको हकहितको आवाज सशक्त रुपमा उठाउनका लागि, महिलाहरूको आर्थिक तथा व्यवसायिक जिवन बलियो बनाउनको लागी एंव महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा विशेष अवसर र अधिकारको सुनिश्चितताको लागि रहेको बताउछिन् ।

“महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितता एंव एनआर एनए र आइसिसीमा महिला नेत्रृत्वको लागि बिशेष पहल गर्ने”, “मजदुर मैत्री एन।आर।एन।ए। एंव आइसिसी बनाउन पहल गर्ने”, “एशिया प्यासिफिक क्षेत्र एवं मिडल ईस्टमा मजदुर तथा महिलाहरूको दर्दनाक समस्या हरूलाई समाधान एंव न्यूनिकरण गर्नको लागि बिशेष पहल गर्ने”, “विश्वव्यापी महिलाहरुको सञ्जाल विस्तार गरी केन्द्रीय महिला फोरमले लयाएतको एजेन्डाहरू पुरा गर्न सक्रिय रूपमा पहल कदमी गर्ने ।”, “एनआरएनमा सवै वर्गको प्रतिनिधित्वको सुनिश्चितताको लागि पहल कदमी गर्ने ।” र “नेपाल सरकारको समृद्ध नेपाल, समृद्ध नेपाली नारालाई साकार बनाउनको लागि बिभिन्न बैदेसिक लगानीलाई नेपाल भित्राउन पुलको काम गर्ने एंव नेपाल भ्रमण बर्ष २०२० लाई सफलताका साथ सम्पन्न गर्नको लागि बिशेष पहल कदमी लिने साथै स्वास्थ्य नै धन हो भन्ने कुरा लाई सिरोपर गरी कठमाडौं को प्रदुषण लाई केहि हद सम्म भए पनि कम गर्नको लागि अन्तर्राष्ट्रिय वातावरण संरक्षण संघ संस्थाहरूसँग सम्वन्वय गरी बिशेष अभियान सञ्चालन गर्ने ।” जस्ता महत्वपूर्ण ६ बुँदे लक्ष्य राखेकी गुरुङ यसपटक सबैको सल्लाह, सुझाव एंव आग्रहलाई सिरोपर गर्दै महिला संयोजकमा उम्मेदवारी घोषणा गरेको बताउछिन् ।

आफूले कुनै लोभले नभई हिजो कुनै पदमै नहुदाँ पनि विश्व भरि छरिएर रहेका आदरणीय श्रमिक, व्यवसायी, विध्यार्थी एंव विभिन्न किसिमले रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्याहरूलाई समाधान गर्नका निम्ति सक्रिय रहेको तथा आज पनि र भोलि पनि रहनेछ तयार भएकोले उम्मेदवारी घोषणा गरेको बताउने गुरुङले सबैको सहयोग र समर्थकले आज एसियाका धेरै देशहरूमा महिला फोरम गठन गर्न सफल भएको बताईन् ।

एनआरएनए भनेको सबैको साझा संस्था भएकोले संस्थालाई गतिशिल र सबैको अपनत्व हुने गरि अगाडि बढाउन र सबै क्षेत्रको प्रतिनिधित्वमा सुनिश्चित गराउनको लागि विशेष पहल कदमी चाल्नुपर्ने बताउने गुरुङले आजको दिन सम्म आइपुग्दा सम्पूर्ण नेपाली समुदायको साथ र समर्थनले गर्दा एसिया प्याशिफिकका हरेक देशमा महिला फोरम सशक्त र सक्रिय बन्न सफल भएकोमा सबै प्रति कृतज्ञता व्यक्त गर्दै एनआरएनए नवौं विश्व सम्मेलन आइसिसीमा महिला फोरम संयोजक पदमा आफूलाई मतदान गरी अत्यधिक बहुमतका साथ बिजयी गराई सामाजिक क्षेत्रमा थप कृयाशिल हुँने उत्प्रेरणा थप्न सबैमा विनम्रता पूर्वक आग्रह गरेकी छिन् ।


क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस