Techie IT
×
गृहपृष्ठग्लोबलकार्किलाई अध्यक्ष चयन गर्दै तनहुँ सेवा समाज युएईको तेस्रो अधिवेशन सम्पन्न

कार्किलाई अध्यक्ष चयन गर्दै तनहुँ सेवा समाज युएईको तेस्रो अधिवेशन सम्पन्न


“हाम्रो तनहुँ, हाम्रो सान सेवा र सहकार्यताको अभियान” भन्ने मूल नारा सहित स्थापना भएको “तनहुँ सेवा समाज युएइ”को हिजो मिति १८ सेप्टेम्बरका दिन तेश्रो अधिवेशन सम्पन्न भयो ।

संस्थाका संरक्षक दिपक खडकाको प्रमुख आथित्यमा सम्म्पन्न उक्त कार्यक्रम दिप प्रज्ज्वलन तथा राष्ट्रिय गान सहित शुरु भएको थियो । हिरालाल श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यीय निर्वाचन समितिले सुदिप कार्किको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा श्रीमती कल्पना रिमाल उपाध्यक्षहरुमा क्रमशः कृस सुनार, भुवन थापा मगर, गणेश बस्नेत, अपील भट्टराई रहनु भएको छ भने महासचिवमा सुरिन भुजेल,सचिवमा ज्ञानु ठकुरी, कोषाध्यक्षमा रमेश गोदार, सह-कोषाध्यक्षमा ईश्वर अधिकारी, युवा संयोजकमा अमर राज पन्थी, महिला संयोजकमा श्रीमती अनिता अधिकारी, खेलकूद संयोजकमा, जितेन्द्र कार्की, संस्कृतिक विभाग संयोजकमा शिशिर थापा चयन हुनु भएको छ ।

यसैगरी सदस्यहरुमा क्रमशः राजु तिमिल्सिना, खड्ग भुजेल, योग नारायण अधिकारी, किरण गुरुङ्ग, बिष्णु कार्की, टीका ढकाल, इन्दु पोख्रेल, किशोर पाण्डे, नवीन मिश्र तथा भोला थापा चयन हुनु भएको छ। दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष श्रीमति कल्पना रिमाल ज्युले गर्नु भएको थियो यसैगरी समाजका गतिविधि बारेमा प्रवक्ता गणेश बस्नेतले प्रकाश पार्नु भएको थियो। त्यसै गरी सस्थाको बार्षिक प्रतिवेदन समाजका महासचिव सुरिन भुजेल तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रमेश गोदारले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको अवसरमा “तनहुँ सेवा समाज युएइ”का भलिबल खेलाडी मिलन चन्द ठकुरी, खेल संयोजक, खेल व्याबस्थापक, टिम कोच तथा कलाकारहरुलाइ समेत सम्मान सहित कदर पत्र प्रदान गरिएको थियो । साथै यस कार्यअबधि भर सस्थालाई योगदान दिनुहुने सस्थाका पदाधिकारीहरुलाई समेत कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका बिशेष अतिथिहरु गैर आवासीय नेपाली संघ, मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ ( गोर्खाली), गैरआवाशिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना, नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल, गैरआवाशिय नेपाली संघ, मध्यपुर्ब उपसम्योजक राजु केसी, INAS शाखा युएईका अध्यक्ष एमडी बोहोरा, नेपाल आदिवासी जनजाति महासघ युएईका उपाधक्ष्य डम्बर लिम्बु, नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानि प्रसाद तिमिल्सिना, गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएईका उपाधक्ष्य एवं सयपत्री रेस्टुरेन्ट एन्ड ट्रभालका सन्चालक विकाश शाहि, नेपाली जनसम्पर्क समिति युएईका संरक्षक खेम राज बस्नेत, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएईका महिला उपाध्यक्ष सोनाम श्रेष्ठ, गुल्मी समाज युएईका संरक्षक कृष्ण गौतमले शुभकामना मन्तव्य राख्नु भएको थियो । अन्य अतितहरुमाकास्की आदर्श सेवा समाजका अध्यक्ष राजेश श्रेष्ठ, गुल्मी सेवा समाज युएईका अध्यक्ष रुद्र थापा, पाल्पाली समाज युएईका अध्यक्ष ओम कुमारी खाँण, नेपाल मगर संघ शाखा युएईका अध्यक्ष भुवन थापा मगर, पर्बत सेवा समाज युएईका अध्यक्ष कमल लामिछाने, गजलकार/ घन्तुक नेपालि क्याफे सन्चालक जे सागर, गजलकार भवानी नेपाल, IME country head उतम बस्नेत, One go travel & tours LLC का सन्चालक रुपेश कुमार झा, नेपाली समाज युएईका महासचिव बेद प्रसाद अर्याल, नेपाली समाज युएईका पार्षद अध्यक्ष राम तामाङ, लमजुङ समाज युएईका उपाध्यक्ष राम बाबु न्योपाने, कलाकार कमल कार्की, न्यौपाने समाज युएईका अध्यक्ष तारा प्रसाद न्योपाने, दाङ देउखुरी समाज युएईका संरक्षक कमल गिरि, दाङ देउखुरी समाजका प्रवक्ता हरि डागि, तनहुँ सेवा समाज युएईका सल्लाहकार महेश श्रेष्ठ रहनु भएको थियो। कार्यक्रमको अन्त्यमा युएई कृयाशिल कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुती रहेको थियो ।


क्याटेगोरी : ग्लोबल


तपाईको प्रतिक्रिया दिनुहोस