गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ एनआरएनए अमेरिका एनसिसिको आफ्नै कार्यालय खरीद प्रक्रियासम्बन्धमा अध्यक्ष सुवेदीले गरे यस्तो अपील एनआरएनए अमेरिका एनसिसिको आफ्नै कार्यालय खरीद प्रक्रियासम्बन्धमा अध्यक्ष सुवेदीले गरे यस्तो अपील दीप संञ्चार असोज ५, २०७९ गते ७:५९ मा प्रकाशित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसि) अमेरिकाको आफ्नै कार्यालय खरीद प्रक्रिया उपयुक्र रुपमा अघि बढेको अध्यक्ष बुद्धिसागर सुवेदीले जनाएका छन् । सुवेदीले एक अपिल जारी गर्दै भवन खरीदसम्बन्धमा उठेका सबै विषयमा स्पष्ट पार्दै सहयोगका लागि सबैलाई अपिल गरेका छन् ।एनआरएनए अमेरिका कार्यालय भवन खरिद प्रक्रियाका सम्बन्धमा अपिलआवश्यक अध्ययन र निरीक्षण पश्चात् दुई साता अगाडि १०५२० वाइरविक एभेन्युमा रहेको अफिस कन्डोमेनियम कार्यालय प्रयोजनका लागि उपयुक्त रहेको प्रस्ताव कार्यसमितिमा ल्याइए पछि कार्यसमितिको बैठक बसी खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । अमेरिकाको राजधानी वासिङ्टन डी सीबाट नजिकै रहेको भर्जिनियाको फेयर फ्याक्समा भवन खरिदका लागि दस्तावेजिकरण र संझौता पत्रहरुको काम सुरु भएको छ । १०५२० वाइरविक एभेन्युकमा रहेको अफिस कन्डोमेनियम खरिद प्रक्रिया आगामी अक्टोबरको पहिलो साता पुरा गर्ने गरी काम भइरहेको छ । कार्यालय भवनमा ४ वटा कोठा र एउटा हल रहेको छ । हलमा ५० जना सम्म अटाउन सक्ने क्षमता छ ।रियल्टर राम मिश्रले भवन खरिद प्रक्रियामा अपनाउनु पर्ने सबै काम गरिरहनु भएको छ । मिश्रले भवनको बारेमा कार्यसमितिलाई आवश्यक जानकारी गराउनु भएको छ । यो अफिस कन्डोमेनियम हो । अमेरिकाको राजधानी वासिङ्टन डिसीबाट आधा घण्टाको दुरीमा रहेको छ । अमेरिकाका पूर्वी, दक्षिण पूर्वी र मध्य पूर्वी थुप्रै राज्यहरूबाट कार्यलय भवन भएको स्थानमा केही घण्टाको ड्राइभमा पुग्न सकिन्छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका लागि आफ्नो कार्यालय भवन खरिद प्रक्रिया अगाडि बढाएका छौँ । संस्थाको स्थायी ठेगाना र कार्यालय सञ्चालनका लागि भवन खरिद अत्यावश्यक छ भन्ने विषयमा १० वर्ष देखि सबै पूर्व कार्यसमितिहरूमा एक मत रहेको देखिन्छ । पूर्व अध्यक्ष ज्यूहरूका पाला देखि नै प्रयास भइरहेको तर ठोस र प्रक्रियागत ढङ्गले अगाडि बढ्न नसकी रहेको काम यस पटक पूर्ण गर्ने अठोट हामीले लिएका हौँ ।नयाँ कार्यसमिति आउने बित्तिकै अध्यक्षको ठेगाना नै संस्थाको ठेगाना बनाउनु पर्ने, दस्ताबेज र पत्रहरू खोज्न अध्यक्ष महासचिव र कोषाध्यक्षको दौडधुप भइरहने अवस्था यथावत छ । तर आउँदा कार्यसमितिले त्यो समस्या अव भोग्नु पर्ने छैन । संस्थालाई झोलाबाट आफ्नै कार्यालय भवनमा सार्ने सबै पूर्व अध्यक्षहरूको साझा चाहाना र प्रयासको जोडफल हो अहिलेको भवन खरिद प्रक्रिया ।यो काम राता रात सम्भव भएको होइन । मेरो नेतृत्वमा २०२१–२३का लागि नयाँ कार्यसमिति आएपछि पहिलो बैठकले नै कार्यालय भवन खरिद गर्ने निर्णय गरी भवन खरिदको नेतृत्व गर्न मलाई जिम्मा दिएको हो । त्यसको ६ महिना पछि गत जनवरीमा फ्लोरिडा राज्यमा भएको फिजिकल मिटिङले “एनआरएनए अमेरिका भवन खरिद मिसन २०२२” को स्लोगन अनुमोदन गर्यो । त्यही अनुरूपमा हामीले काम अगाडि बढायौँ । अमेरिकाका ५० वटै राज्य हाम्रा लागि बराबर महत्वका छन् । तथापि एक ठाउँमा भवन खरिद गर्ने ठोस निर्णयमा पुग्नै पर्ने थियो । विभिन्न राज्यमा पुगेर २० भन्दा बढी भवनको अध्ययन र निरीक्षण गर्यौ । आर्थिक हिसाबले संस्थालाई कम भार पर्ने, सञ्चालनमा ल्याउन समस्या नहुने र अमेरिकाको राजधानी वासिङ्टन डी सीबाट नजिक भएका कारण पनि भर्जिनियाको फेयर फ्याक्समा भेटिएको कार्यालय भवनलाई हामीले उपयुक्त ठहर गयौँ ।कतिपय अरू सङ्घ संस्था र निकायहरूसँग साझेदारी, सहकार्य र सहयोगका लागि अगाडि बढ्दा स्थायी ठेगानाको खोजी हुने गर्छ । तर हामीसँग उपलब्ध थिएन । विश्व मै सबै भन्दा बढी नेपालीहरूको स्थायी बसोबास रहेको अमेरिकामा संस्थाका सबै भन्दा बढी पञ्जीकृत सदस्यहरू रहेका छन् । सदस्यहरूलाई संस्थासँग सम्पर्कमा पुग्न र पत्राचार गर्न आगामी दिनहरू सहज हुने छन् ।संस्थालाई मजबुत जगमा संस्थागत गराउन कार्यालय भवन अपरिहार्य हुन्छ । यो तपाइ हामी सबैले बुझेको र महसुस गरेको कुरा हो । तसर्थ सबै पञ्जीकृत सदस्य सल्लाहकार ज्यूहरू, अनअरी काउन्सिल मेम्बर ज्यूहरू, संरक्षक ज्यूहरू, पूर्व पदाधिकारी तथा सदस्यज्यूहरू च्याप्टर र टास्कफोर्सका साथीहरू सबैलाई भवन खरिदको यो अभियानमा आर्थिक सहयोग गरी जोडिनु हुन हार्दिक अपिल गर्दछु । मनै देखि कार्यालय भवन खरिदको ऐतिहासिक अवसरमा जति सक्नु हुन्छ मनै देखि सहयोग गर्नुहोस् साथै अरूलाई पनि जोड्नु हुने छ भन्ने मैले विश्वास लिएको छु ।धन्यवादबुद्धि सागर सुवेदीअध्यक्षसङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकामितिस् ०९–१७–२०२२क्याटेगोरी : ग्लोबल, अमेरिकाट्याग : #breaking, #NRNA, #गैर–आवासीय नेपाली संघ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिनँ : उपप्रधानमन्त्री खड्का,आधिकारिक छान्ने…नेपाल आदिवासी जनजाति महासंघ युएईको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नबद्री केसीबिरुद्द परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता,निर्वाचन स्थगित गरि स्वतन्त्र छानविनको…नेपाली इन्जिनियरहरुले विकास गरेको अत्याधुनिक सफ्टवेयर लस भेगासमा प्रदर्शन धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ७नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु एनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिनँ : उपप्रधानमन्त्री खड्का,आधिकारिक छान्ने जिम्मा जनसम्पर्क समितीलाई नै एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर आजको मौसम : तराइमा हुस्सु तथा हिमाली क्षेत्रमा हिमपात हुने हेर्नुहोस् तपाईको आजको राशिफल यस्ता छन् बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय